सङ्खुवासभामा प्रहरी दमनविरुद्ध पूर्वि कमाण्डद्वारा घोर भत्र्सना (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका पूर्वि कमाण्ड इन्चार्ज विषमले बुधबार प्रेसविज्ञप्तिमार्फत गत १६ गते सङ्खुवासभा जिल्लाको तिलिचुङ गाउँपालिका वडा नं. १ मा संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि केपी–बादल गृह प्रशासनको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाई दोहोरो भिडन्तको हल्ला पिटिएकोप्रति घोर आपत्ति जनाएका छन् ।

पूर्वि कमाण्ड इन्चार्ज विषमले विज्ञप्तिमा भनेका छन्, ‘यहि २०७६ आषाढ १६ गते सोमबारका दिन हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा संखुवासभा तिलिचुङ गाउँपालिका वडा नं. १ मा पुगेको बेला केपी ओलीको नेतृत्वको सरकार र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृह प्रशासनको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी हाम्रो अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाइयो र दोहोरो भिडन्तको हल्ला पिटियो । टोलीका सबै ज्यान जोगाउन सफल भए पनि हालसम्म तीन जना कार्यकर्ताहरु सम्पर्कबिहिन भएकोमा एक जना सम्पर्कमा आएको र दुई जना अझै सम्पर्कमा छैनन् । त्यसमध्ये एकजना कमरेड सुजन अधिकारीलाई गिरफ्तार गरेर आफैसँग त्यस क्षेत्रमा घुमाइरहेको अपुष्ट खवर बाहिर आइरहेको भए पनि आधिकारीक रुपले अझै पुष्टि नभएकोले दुई जनाको अवस्था अज्ञात नै रहेको छ । सरकारले अझै पनि यसलाई दोहोरो भिडन्तको भ्रम दिइरहेकोले यसबारे सत्यतथ्य जानकारी गराउन यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

विज्ञप्तिमा इन्चार्जले भनेका छन्, ‘सर्वबिदितै छ हाम्रो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीबिकाकालागि र यो भ्रष्ट, हत्यारो सरकारका बिरुद्ध निरन्तर संघर्षरत छ । हामी शान्तिपूर्ण रुपमा आफ्नो राजनैतिक, बैचारिक, साँगठनिक, भ्रष्टाचार बिरोधी संघर्षका कार्यक्रमहरुमा लागिरहेको बारे पनि सबैलाई जानकारी नै छ । साथै यो पनि सर्वबिदित छ कि अहिलेसम्म प्रहरी, सेनामाथि सशस्त्र आक्रमण नगर्ने पार्टीको नीतिलाई कहि पनि पार्टीले उलङ्घन गरेको छैन तर सरकारले निहत्था नेता र कार्यकर्तामाथि दोहोरो भिडन्तको नाममा गिरफ्तारपछि निशंस हत्या गर्ने, गाउँ अप्रेशन गर्ने, घरहरु खानतलासी गर्ने, धरपकड, थुनछेक, झुट्ठाभुद्दामा महिनौ थुनामा यातना दिने जस्ता काममा राज्य नै लागिपरेको छ । यसै क्रममा गएको जेष्ठ ८ गते भोजपुरमा तीर्थ घिमिरेको र अस्ति भर्खरै आषाढ ५ गते सर्लाही जिल्लाको लालबन्दीमा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको यसरी नै गिरफ्तारीपछि कायरतापूर्ण हत्या गरिएको छ । यसमा बिदेशी शक्तिकेन्द्रहरुको समेत हात रहेको पुष्टि भएको छ । यस्तै अहिले संखुवासभामा पनि दोहोरो भिडन्तको नाममा हवाई र पैदल सशस्त्र प्रहरी र सशस्त्रका प्रहरीका कमाण्डो फोर्स भनी हेलिकोप्टरबाट उतारिएका प्रहरीहरु अझै गाउँहरु घेरामारी आतंक मचाइरहेका छन् । यस्तै सिन्धुली मरिनबेल्ट र दक्षिण सिन्धुलीको चुरेबेल्टमा यसरी नै सर्च अप्रेशन चलाइरहेका छन् । कमरेड कुमार पौडेलको रगत सुक्न नपाउँदै गएको आषाढ १४ गते लालमबन्दी सडक र बस्ती नजिक बेलगाम संचालित क्रसर उद्योगले खनेको खाल्डोमा जमेको पानीमा दुबेर एक स्थानीय १२ बर्षिय बालक अमितकुमार यादवको मृत्यु भयो । यसको बिरोधमा १५ गते स्वतःस्पूmर्त सडकमा उत्रेका प्रदर्शनकारीहरुमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा एक जना प्रदर्शनकारी अन्दाजी ४५/४६ बर्षको केवल महरको मृत्यु भएको छ । यसलाई पनि नेपाल कम्युनिस्ट पार्टीसँग जोडेर कथित दोहोरी भिडन्तको नाम दिन पछि परेनन् ।’

अगाडि विज्ञप्तिमा भनेका छन्, ‘यसरी सरकारले देशैभरी क्रुर फासिवादी दमन चलाइरहेको छ । सरकारको यो राज्यआतंक र सामाजिक फासिवादी दमनको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पूर्वी केन्द्रीय कमाण्ड घोर भत्र्सना गर्दछ र राज्यको फासिवादी दमन तुरुन्त बन्द गरी हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्ध हताउनका साथै भोजपुर, सिन्धुली र सर्लाहीमा गरिरहेको दमन र अप्रेशन तुरुन्त बन्द गर्न र पूर्वी कमाण्ड अन्तरर्गत गिरफ्तार गरिएका करिव ३ दर्जनको संख्यामा जेल र हिरासतमा यातना भोगीरहेका हाम्रा नेता तथा कार्यकर्ताहरुको बिना सर्त रिहाई गर्न र दोहोरो भिडन्तको नाममा हत्या गरिएका हाम्रा पार्टीका नेता कुमार पौडेल र तीर्थ घिमिरेको परिवारलाई सरकारले उचित क्षतिपूर्ति सहित राष्ट्रिय सहिद घोषणा गर्न तथा हत्याराहरुलाई सख्त कार्वाही गर्न पनि आग्रह गर्दछ । यसका साथै नागरिकहरुको अनाहकमा ज्यान जाने गरी पुलिस–प्रशासनसँगको मिलोमतोमा बस्ती नजिकै जथाबाबी चलाइएका क्रसर उद्योगहरु बन्द गर्र्न र मृतक अमितकुमार यादव र केवल महरको क्षतिपूर्ति र हत्यारोहरुलाई कार्वाहीकोसमेत माग गर्दछौं ।’

अन्त्यमा कमाण्ड इन्चार्जले भनेका छन्, ‘अन्तमा नागरिकको जीउ–धनको सुरक्षाको जिम्मा लिएको सरकारले धमाधम नागरिकहरुको र देशभक्त क्रान्तिकारीहरुको शिकार गर्दै निर्दोष र निहत्था नागरिकहरुको हत्या गर्ने सरकारी रबैयाले देशलाई फेरी द्वन्दको चपेटामा धकेल्दै छ र यो स्थिति आएमा यसको सारा जिम्मा सरकार कै हुने छ । यसतर्फ समस्त न्यायका पक्षधरहरु मानव अधिकारकर्मी, वकिल, पत्रकार, बुद्धिजीवि र देशभक्त, क्रान्तिकारी शक्तिहरुको ध्यान आकृष्ट गर्न चाहान्छौंं । साथै यी सबै घटनाहरुको सत्य–तथ्य निष्पक्ष जाँचबुझ–अनुगमन गरी बाहिर ल्याउन पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं । यदि सरकारले दमन, अप्रेशन बन्द गरेन र जारी नै राख्यो भने सरकारकोे राज्य आतंक र दमन, अपे्रशनका बिरुद्ध सम्पूर्ण पार्टी पक्ति, न्यायप्रेमी जनतालाई प्रतिरोध संघर्षमा उत्रन र देशभक्त नेपालीहरु, सचेत प्रबुद्ध वर्ग, मानव अधिकारकर्मी, वकिल, पत्रकारहरु र आम नागरिक समाज न्यायको पक्षमा आवाज उठाउन हाम्रो पार्टी हार्दिक अपील गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

 

२०७६ असार १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :