ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा, अर्जेन्टिना आउट


काठमाडौं : अर्जेन्टिनालाई पराजित गर्दै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको सेमिफाइनल खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुस र रोबेर्टो फिर्मिन्होले गोल गरे ।

यसअघिका चार संस्करणमध्ये तीन वटाको फाइनलमा अर्जेन्टिना पराजित भएको थियो । यो पटक भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

खेलको १९औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेका थिए । उनले रोबर्टो फिरमिनोको पासमा गोल गरे । ७१औं मिनेटमा फिरमिनोले जेससको पासमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसकेपछि अर्जेन्टिना पराजित भयो ।

फाइनलमा ब्राजिलले डिफेन्डिङ च्याम्पियन चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

२०७६ असार १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :