नेकपाद्वारा देशभर सहिद कुमार पौडेलको श्रद्धाञ्जलीसभा

बलिदान खेर जान नदिने प्रतिबद्धता


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सरकारले असार ५ गते हत्या गरेका सर्लाही जिल्ला इन्चार्ज सहिद कुमार पौडेलको श्रद्धाञ्जलीसभा देशव्यापी रुपमा आयोजना गरेको छ । नेकपाले बलिदान खेर जान नदिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले सात जिल्लाका आठ ठाउँमा सहिद कुमार पौडेलको श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । सर्लाहीको श्रद्धाञ्जलीसभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले कुमार पौडेलको हत्याको बदला एकीकृत जनक्रान्तिको माध्यमबाट लिने प्रतिबद्धता व्यक्त गरे । हत्याको योजना केन्द्रीय दलाल सत्ता र स्थानीय दलाल सत्ताको योजनामा भएको उनले प्रस्ट पारे ! उनले भने, ‘कमरेड कुमार पौडेलको एक थोपा रगत पनि खेर जान दिनेछैनौँ ! शोकलाई शक्तिमा बदली एकीकृत जनक्रान्ति सफल पारिछोड्नेछोँ ।’

सर्लाही जिल्ला सेक्रेटरी लालबहादुर तामाङको अध्यक्षमा सम्पन्न कार्यक्रमको उद्घोषण प्रमिला लामालेगरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि सन्देश पौडेल र अतिथि सत्ता प्रमुख सीताराम शाह रहेका थिए ।

 

यसैगरी सप्तरी जिल्लामा सम्पन्न भएको श्रद्धाञ्जलीसभा सप्तरी जिल्ला इन्चार्ज हिमालकोप्रमुख आतिथ्य र सेक्रेटरी प्रतीकको अध्यक्षतामा भएको थियो । यसैगरी सिराहा, धनुषा, महोत्तरी, सिन्धुली र पूर्वसिन्धुलीमा पनि कुमार पौडेलको श्रद्धाञ्जलीसभा भएको जानकारी प्राप्त भएको छ ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी सुनसरीले सहिद कुमार पौडेलको सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । कुमारको बलिदानको १३औँ दिन मङ्गलबार जिल्लाका चार स्थानमा श्रद्धाञ्जलीसभाआयोजना गरिएको हो ।

धरान ११, बराहानगरपालिका ५, बर्जु २ र इटहरी उपमहानगरपालिकागरी चार स्थानमा श्रद्धाञ्जलीसभाआयोजना गरिएको जानकारी जिल्ला सेक्रेटरी सन्तोसले दिएका छन् । धरानमा आयोजित श्रद्धाञ्जली सभालाई जिल्ला इन्चार्ज विश्वासले सम्बोधन गरेका थिए । इन्चार्ज विश्वासले सर्लाही जिल्लाका कर्मठ योद्धा, नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमरेडकुमार पौडेलको प्रहरीले हत्या गरेको भन्दै सहिदहरूको बलिदान कुनैपनि हालतमा खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । उनले जनताको प्रतिरोध सङ्घर्षद्वारा कुमारको हत्याको बदला लिने उद्घोषसमेत गरे । उक्त कार्यक्रमको सञ्चालन क्षितिजले गरेका थिए ।

उता नेकपा झापाले पनि सहिद कुमारलाई सम्झँदै श्रद्धाञ्जलीसभा सम्पन्न गरेको जनाएको छ । उक्त श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्दै झापा जिल्ला सचिव मनीषले कुमार पौडेल नेकपाको मात्रै नेता नभएर सुकुमबासी भूमिहीन र आम नेपालीको नेता भएको चर्चा गरे । मनीषले उनको बलिदान खेर जान नदिने बताए । राजनीतिक व्यक्तिको हत्या गर्ने कार्य नगर्न पनि उनले आग्रह गरे ।

उनले सहिद कुमारलाई सम्झँदै कुमारको मुठभेडमा मृत्यु नभएको र हत्या नै गरिएको भन्दै यसको बदला क्रान्तिको दौरानमा लिइने बताए । कार्यक्रममा जिल्ला सचिव मनीष, जनसरकार प्रमुख टीकालगायतले मन्तव्य राखेका थिएभने दमकका सचिव समरले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैगरीमेची–कोसी ब्युरोका १० जिल्लामा पनि पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता, पार्टी सदस्य, शुभचिन्तक र समर्थकसहित भेला भएर श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको समाचार प्राप्त भएको छ ।

मेची–कोसी ब्युरोकी इन्चार्ज अनुले विभिन्न समयमा पूर्वले उच्चस्तरको बलिदान गर्दै आएको, पूर्वक्षेत्रले सत्ता हल्लाउने तहका बलिदानीपूर्ण आन्दोलन गर्दै आएको र गत ५ गते झूट्टो मुठभेटको नाटक गरेर हत्या गरिएका सर्लाहीका इन्चार्ज कुमार पौडेल, भोजपुरमा हत्या गरिएका तीर्थ घिमिरेको रगतले यो दलाल पुँजीवादी सत्ताको जरा हल्लाउन सुरु गरेको बताइन् ।

उनले केपी–बादल प्रशासन आत्तिएर दमन तीव्र पारेको आधारबाट हेर्दा पनि यो सत्ताको अवसानको दिनगन्ती जनताका तर्फबाट रगत बगेसँगै सुरु भएको बताइन् । पूर्व क्षेत्रको सङ्खुवासभामा बारम्बार प्रहरीले गोली प्रहार गरेर देशलाई युद्धमा धकेलेको बताउँदै आफूहरूलाई प्रतिरोध गर्न बाध्य पार्दै लगेको उनको भनाइ थियो । उनले सबै न्यायप्रेमी जनतालाई केपी सरकारको फासिवादकाविरुद्ध आवाज उठाउन अपिल पनि गरिन् ।

मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ५ मा पर्ने साँघुटोल, रतुवामाई नगरपालिका वडा नं. ८ को एक स्थानसहित दुई स्थानमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । कार्यक्रममामोरङ जिल्ला इन्चार्ज अनुभवले व्यक्तिहत्यामा उत्रिएको सामाजिक फासिवादी सरकारको दमनविरुद्ध आफ्नो पार्टी सशक्त प्रतिरोधमा उत्रने बताए । उनले कुमार पौडेललाई सम्झँदै कुमार पौडेलइमानदार, जनताका प्रिय र क्रान्तिकारी नेता भएको भन्दै उनको सपना पूरा गर्नसबै बलिदान गर्न तयार भएको बताए ।

उत्तरी मोरङको केराबारी भलुवाचोकमा पनि श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । उक्त कार्यक्रममाउत्तरी मोरङका इन्चार्ज प्रभावले भ्रष्ट, पतीत सरकारको आलोचना गर्दै जनतालाई साथमा लिएर यो सत्तालाई खरानी पार्ने चेतावनी दिए । उता दक्षिणी इलामको माई नगरपालिका वडा नं. ३ मा पनि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्लाका सेक्रेटरी अविनाशले बोलेका थिए । उनले कुमार पौडेललाई सुराकी लागेको हुनाले अब सुराकी गर्ने जोकोहीलाई भौतिक सफाया गर्ने चेतावनी दिए । इलामकोफाकफोकथुम गाउँपालिका २ खाम्बाङमा पनि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । उक्त स्थानमा विद्यार्थी नेता गणेश र जिल्लाका सेक्रेटरी तागेराले बोलेका थिए ।

ताप्लेजुङ जिल्लामा पनि श्रद्धाञ्जली कार्यक्रम भएको छ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकाको खेजेनिममा श्रद्धाञ्जलीसभा सम्पन्न भएको हो । ताप्लेजुङमा सेक्रेटरी नरपतिले बोलेका थिए । त्यस्तै पाँचथरमा पनि कार्यक्रम सम्पन्न भएको छ । याङ्वाराक गाउँपालिका ओयाम बजारमा सर्वसाधारण र विद्यार्थीको बीचमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका इन्चार्ज विकल्प र विद्यार्थी नेता तुफानले बोलेका थिए ।

यसैगरी धनकुटामा पनि श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विशाल र युवाका केन्द्रीय कोषाध्यक्ष तिलकले बोलेका थिए । उक्त कार्यक्रममातिलकले फासिस्ट दमनका विरुद्ध जनमुक्ति सेनामा भर्ती हुन आह्वानसमेत गरे ।

सुनसरी जिल्लामा पनि श्रद्धाञ्जलीसभासम्पन्न भएको समाचार प्राप्त भएको छ । सुनसरीका ३ स्थानमा सभा सम्पन्न भएको छ । झापाको एक स्थानमा श्रद्धाञ्जलीसभा भएको छ । झापाको कमल गाउँपालिका वडा नं १ मा सभा आयोजना गरी नेकपा झापाले कुमार पौडेलाई सम्झँदै उहाँको चर्चा गरेको छ । कार्यक्रममा जिल्लाका सेक्रेटरी मनीषले बोलेका थिए । उनले बलिदान क्रान्तिकारीहरूका निम्ति स्वीकार्य विषय भएकाले हामी सबै कुमारपथमा हिँड्न तयार रहेको बताए । उनले व्यक्तिहत्यामा उत्रिएको केपीको सर्वसत्तावादी चरित्र पर्दाफास भएको र जनताले अब दलाल संसदीय व्यवस्थालाई खरानी पार्ने बताए । उनले वलीलाई चेतावनी दिँदै जनतामाथि दमन गरेर सही विषयलाई ढाकछोप गर्न सकिन्छ भन्ने सपना नदेख्न आग्रह गर्दै उनले झापाबाट वलीलाई राजनीतिक रुपमा पत्तासाफ गरिदिने चेतावनी दिए । झापाको कार्यक्रममा युवा, स्थानीय जनता र विद्यार्थीको उपस्थिति रहेको थियो ।

यसैगरी सेती–महाकाली ब्युरो अन्तरगत कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाको मसुरियामा पनि कुमार पौडेलको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

सभालाई ब्युरो सदस्य तथा थारुवान जनसरकार प्रमुख महान र कैलाली जिल्ला इन्चार्ज विवेकले सम्बोधन गरेका थिए । कुमार पौडेलको प्रहरीले हत्या गरेको भन्दै सहिदहरूको बलिदान कुनैपनि हालतमा खेर जान नदिने र हत्याको बदला एकीकृत जनक्रान्तिबाटै लिने प्रतिबद्धता व्यक्तसमेत गरेका छन् ।

२०७६ असार १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :