नेता भुसालद्वारा आमाका नाममा अक्षयकोष

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल शिक्षक सङ्गठनका पूर्वउपमहासचिव भेषराज भुसालले आफ्नी आमाको श्रद्धाञ्जलीमा उपस्थित हुन नपाएको भन्दै मार्मिक श्रद्धाञ्जली पत्र लेखेका छन् । आमाको स्मृति दिवसको दिन पत्र लेख्दै उनले राज्यले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध, राज्यआतङ्क, हत्या, धरकपडका कारण, आमाको अन्तिम अवस्थामा उपस्थित हुन नसकेको र दाहसंस्कारमा समेत सहभागी हुन र आफ्नै परिवार र आफन्तसँग शोक मनाउन नपाउँदा झनै मर्माहत भएको उल्लेख गरेका छन् । आमाको मृत्युको शोकमा समेत परिवारसँग टाढा रहे पनि श्रद्धाञ्जली ज्ञापन गर्दै उनले शोकलाई शक्तिमा बदल्न घरसम्म पुगेर वा विभिन्न माध्यमबाट श्रद्धाञ्जली व्यक्त गर्ने पार्टीका महासचिव विप्लवदेखि सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

भुसालले आफ्नी आमाको भावनाको उच्च सम्मान गर्दै ५० हजार बराबरको अक्षयकोषबाट ‘उमादेवी भुसाल स्मृति छात्रवृत्ति पुरस्कार’ स्थापना गर्ने घोषणा गरेका छन् । श्री समयथान उच्च माविका छात्राहरूमध्ये एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्रालाई हरेक वर्ष ब्याज रकम दिने घोषणा भुसालले गरेका छन् । अक्षयकोषको संरक्षकमा भुसाल पत्नी इन्दुकुमारी भुसाल रहनेछिन् ।

                                                  श्रद्धाञ्जली पत्र…

 

२०७६ असार १७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :