सर्वसाधारणले लगाइदिए गाउँपालिका र वडा कार्यालयमा आगो


कालीकोट : गएराति कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको कार्यालय सर्वसाधारणले आगो लगाएर ध्वस्त पारिदिएका छन् । मङ्गलबार राति नै गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ५ र ६ को कार्यालयमा पनि आगो लगाएर तोडफोड गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरुद्ध १० गतेकालागि आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरेको भन्दै सर्वसाधारणले आगो लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मध्यरातमा आगो लाग्दा महत्वपूर्ण कागजात जलेर नष्ट भएको र ३ करोडको क्षति भएको दाबी गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले गरेका छन् ।

यसैगरी सर्वसाधारणले मङ्गलबार राति नै नरहरिनाथ ५ रुप्सा र ६ माल्कोट सेरापाटास्थित वडा कार्यालयमा पनि तोडफोड गरी आगो लगाइदिएको समाचार प्राप्त भएको छ ।

२०७६ असार ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :