कुमार पौडेलको हत्याविरुद्ध दाङको विभिन्न ठाउँमा कोणसभा सम्पन्न


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको क्रुरतापूर्वक भएको हत्याको विरोधमा आइतबार दाङमा कोणसभा सम्पन्न गरिएको छ ।

वर्षाको प्रवाह नगरि दाङका दुई वटा एरिया (९ नम्बर र १२ नम्बर) मा कोणसभा गरिएको छ । कोणसभामा बोल्दै वक्ताहरूले कुमार पौडेलको क्रुरतापूर्वक हत्या गर्ने सत्ताको भण्डाफोर गर्दै कुमारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

केन्द्रीय घोषित कार्यक्रम अनुसार दाङको ९ नम्बर एरियामा भएको कोणसभालाई जिल्ला पार्टी कार्यालय सदस्य प्रदिप वली र अनिल, १२ नम्बर एरियामा उर्जा र परिवर्तनले सम्बोधन गर्दै कुमारको शहादतप्रति खेद प्रकट गर्दै एकीकृत जनक्रान्तिको क्रममा उचित समयमा हत्याको बदला लिएरै छोड्ने उद्घोष गरे ।

नेपाल कम्युनिस्ट पार्टीले कुमार पौडेलको बर्बरतापूर्वक हत्याको विरुद्ध असार १० गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ ।

२०७६ असार ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :