दोलखा इन्चार्ज र रामेछाप सेक्रेटेरीलाई बिनासर्त रिहा नगरे प्रतिरोध गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरोले ब्युरोका सदस्य दोलखा जिल्ला इन्चार्ज यादव दाहाल र ब्युरो सदस्य एवम् रामेछाप जिल्ला सेक्रेटरी कुदीप थापामगर ‘अभिलाश’लाई बिनासर्त रिहा गर्न अन्यथा प्रतिरोधको सामना गर्न सरकारलाई चेतवनी दिएको छ ।

ब्युरो इन्चार्ज आधारद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘केपी–पीके दलाल कम्पनीको सरकारको रामबहादुर थापा गृह–प्रशासनले नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरोका सदस्य तथा दोलखा जिल्ला इन्चार्ज कमरेड यादव दाहाललाई आफ्नो उपचारका क्रममा अस्पताल जाँदै गर्दा काठमाडौँबाट गिरफ्तार गरी अमानवीय व्यवहार देखाएकोमा हाम्रो पार्टी घोर भत्र्सना तथा खेद व्यक्त गर्छ र बिनासर्त तत्काल रिहा गर्न माग गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यसैगरी नेकपाका ताम्सालिङ ब्युरो सदस्य तथा रामेछाप जिल्ला सेक्रेटरी कुलदीप थापामगर ‘अभिलाश’लाई पनि यो सामाजिक फासिवादी सरकारको गृह प्रशासनले श्रीमतीको उपचार गराएर फर्किंदै गर्दा काठमाडौँबाटै गिरफ्तार गरेर अमानवीय हर्कत देखाएको छ । सरकारको यो अलोकतान्त्रिक क्रियाकलापप्रति गम्भीर खेद प्रकट गर्दै कमरेड अभिलाशलाई पनि तत्काल रिहा गर्न र अन्यथा कडा प्रतिरोधको सामना गर्न सरकारलाई चेतावनी दिन चाहन्छ ।’

आधारको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘केपी वली सरकार दिनदिनै आफ्नो राजनीतिक चरित्र गुमाउँदै अमानवीय तथा क्रूर बन्दै गएको छ । देश, जनता र श्रमिकवर्गको मुक्ति अभियानमा रहेर निरन्तर राजनीतिक काममा क्रियाशील पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तक–समर्थकलाई समेत यो सरकारले अपहरण शैलीमा गिरफ्तार गर्ने, यातना दिने, झूट्टा मुद्दालगाई हिरासत तथा जेल पठाउने कार्य गर्दै आएको छ । हामी सरकारलाई यस किसिमका गैरराजनीतिक हर्कत तत्काल बन्द गर्न आग्रह गर्दै अन्यथा शक्तिशाली प्रतिरोधको सामना गर्न चुनौती पनि दिन्छौँ ।’ विज्ञप्तिको पुर्णपाठ…

२०७६ असार ७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :