सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीद्वारा गोली हानी हत्या

अखिल (क्रान्तिकारी)द्वारा ११ जिल्लामा असार ६ गते आम शैक्षिक हड्ताल


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई लालबन्दीमा प्रहरीले गोली हानी हत्या गरेको छ ।

मृत्यु हुनेमा जिल्ला इज्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताएका छन् । घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।

यसैगरी नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी)ले भोली बिहीबार  आम शैक्षिक हड्ताल आव्हान गरेको छ ।

संगठनले विद्यार्थी नेता कार्यकर्ताहरुको गैह्रन्यायीक गिरफ्तारीको बिरोधमा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल आव्हान गरेको हो ।

वर्तमान केपी ओली नेतृत्वको सरकारले संगठनमाथि निरन्तर रुपमा दमन, गिरफ्तारी, झुठामुद्दा र राज्य आतांकका श्रृखंलाहरु नै चलाएपछि विद्यार्थी नेताहरु गिरफ्तार परेका जिल्लाहरुमा भोली एक दिने शैक्षिक हड्तालको आह्वान गरिएको अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिनुभयो ।

अध्यक्ष ढकालले बन्द आह्वान गरिएका जिल्लामा रहेका सबै शैक्षिक संस्थाहरुलाई एक दिन बन्द गरेर सहयोग गरिदिन समेत अपिल गरेका छन् ।

आफ्नो जनविरोधी र कुरुप चरित्र ढाकछोप गर्न सरकारले क्रान्तिकारी विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनलाई जेल, नेल र बन्दुकको साहाराले दबाउने फासिवादी हर्कत पद्रर्शन गरिरहेको भन्दै अध्यक्ष ढकालले जस्तोसुकै दमन गरेपनि नझुक्ने दृढता व्यक्त गर्नुभयो ।

देशैभरिबाट अखिल (क्रान्तिकारी)मा आवद्ध दर्जनौं नेता कार्यकर्तालाई राजनैतिक आस्थाको आधारमा गैह्रन्यायीक रुपमा गिरफ्तार गरी झुठा मुद्दाहरुमा फँसाई हिरासत र जेलमा अमानविय तरिकाले राखिएको भन्दै उहाँले भत्र्सना र निन्दा समेत गर्नुभएको छ ।

घोषित कार्यक्रम अन्तरगत अखिल (क्रान्तिकारी) संगठनले आज (बिहीबार) देशव्यापी मसाल जुलुस निकाल्दै छ । यसअघि हिजो देशव्यापी क्याम्पस अगाडि १ घण्टा चक्काजाम गरेको थियो । यसैक्रममा अखिल (क्रान्तिकारी ) क्याम्पस जिल्लाले काठमाडौको त्रिचन्द्र क्याम्पस, एनसिसि, पसुपती , आर आर र तहाचल लगाएत क्याम्पसमा बिरोध स्वरुप व्यानर टागेर बिरोध जनाएका छन् ।

२०७६ असार ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :