सन्दिपसहित पाँच जना गिरफ्तार, रिहाई नगरे कडा संघर्ष गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)


रोल्पा : नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी प्रयासले एक बिज्ञप्तिमार्फत आज (बिहीबार) जिल्ला सचिवालय सदस्यहरु सन्दिप, दिनेश ओली, श्याम, गणेश घर्ति र देउराम सुनारलाई फासिवादी दलाल सरकारका इमान्दार पुलिसहरुले अपहरणको शैलीमा मध्यरातमा घरघेरा हाली गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएका छन् ।

जिल्ला सेक्रेटरी प्रयासले विज्ञप्तिमा भनेका छन्, ‘केपी बादल नेतृत्वमा रहेको दलाल फासिवादी सत्ताले पार्टी पुनरगठन भएदेखि नै रोल्पामा अघोसित प्रतिबन्ध लगाएर निर्मम दमनमा उत्रिरहेको थियो र अहिले आएर घोषित रुपमा प्रतिबन्ध लगाउदै चर्को दमनको पराकाष्टामा पुर्याएको छ । जनताको बीचमा अहोरात्र संगठनिक काममा व्यस्त भैरहँदा दर्जनौ होनहार कमरेडहरुलाई बिना कसुर हिरासतमा राखी मानसिक यातनाको सिकार बनाइ रहेको छ ।’

विज्ञप्तिमा अगाडि प्रयासले भनेका छन्, ‘यसै शिलशिलामा आज मात्र हाम्रो पार्टीका जिल्ला सचिवालय सदस्यहरु कमरेड सन्दिप, दिनेश ओली, युवा सगठनसँग आवद्ध कमरेड श्याम र गणेश घर्ति यसैगरी दलित नेता देउराम सुनार फासिवादी दलाल सरकारका इमान्दार पुलिसहरुले अपहरणको शैलीमा मध्यरातमा घरघेरा हाली गिरफ्तार गरेका छन् । विभिन्न काण्डै काण्डको संरचना खडा गर्दै र पछिल्लो समयमा गुठी बिधेयकसम्म आउँदा जनआक्रोसको प्रेसर कुकर भित्र उकुस–मुकुस हुँदै तात्तिरहेको सामाजिक दलाल सत्ताले आफ्नो चिहान आफै खनिरहेको छ । गिरफ्तार सम्पूर्ण कमरेडहरुलाई छिटोभन्दा छिटो रिहा गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । हाम्रो यस मागलाई कमजोर ठानी रिहाइ नगरे पार्टी कडा संघर्षको बाटो समात्न बाध्य हुनेछ । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार दलालसत्ता स्वयम् हुनुपर्ने छ ।’ विज्ञप्तिको पुर्णपाठ….

२०७६ असार ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :