नेकपाका जिल्ला सेक्रेटरी आक्रोशसहित चार जना पुनः गिरफ्तार


कास्की : उच्च अदालत पोखरा बार एसोसिएसन भवनबाट बुधबार कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’, नेकपा कास्कीका जिल्ला सदस्य एवंम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य तथा गण्डक ब्युरो संयोजक मिलन राई, अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङलाई पुनः गिरफ्तार गरी राजद्रोहको मुद्दामा तनहुँ लग्ने तायरी गरिरहेको समाचार प्राप्त भएको छ ।

मंगलबार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहस सुनुवाईपछि उच्च अदालत पोखराका माननीय मुख्य न्यायाधिश यज्ञप्रसाद बस्याल र माननीय न्यायाधिश रामप्रसाद खनियाको संयुक्त इजलाशले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो ।

उच्च अदालत पोखराको आदेश अनुसार रिहा भएको भनिएका नेकपाका नेता तथा कार्यकर्ताहरुमा जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल (क्रान्तिकारी)को पिएन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र उपाध्यक्ष एवंम सहिद पुत्र सुजन सापकोटा, सचिब राजन साउद र गगन परियारलगायत भने रिहा भएका छन् ।

उच्च अदालत पोखराले अदालतका रजिस्ट्रारको उपस्थितिमा उनीहरुलाई रास्ट्रिय मानव अधिकार आयोग र उच्च अदालत पोखरा बार एसोसिएसनका पदाधिकारीको रोहबरमा छाड्न आदेश दिएको हो ।

२०७६ असार ४ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :