हुम्लामा भएको जिप दुर्घटनामा गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता

काठमाडौँ : हुम्लाको खार्पुनाथ गाउँपालिका ५ कैलावालुमा जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित कम्तीमा १० जना बेपत्ता भएका छन् । जिपमा कति जना चढेका थिए भन्ने यकिन भइसकेको छैन । लु १ ज ७१६६ जिप सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ । बेपत्ता हुनेहरुमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, जिप चालक मणि शाही, यात्रुहरु चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौर कामी, उनका दुई वर्षीय छोरा गोकुल सुनार लगायत छन् । घटनास्थलमा सेना र प्रहरीले उद्दार गरिरहेका छन् । उद्धारका लागि सेना र प्रहरी टोली घटनास्थलमा खटिए पनि गोताखोर नहुँदा उद्धारमा समस्या भइरहेको बताइएको छ ।उद्धारको लागि सदरमुकाम सिमकोटबाट हेलिकप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थल पुगीसकेको छ ।

मिति २०७६ असार ३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :