प्रहरी परिचालन र धरपकड बन्द नगरे संघर्षमा उत्रने नेकपाको चेतावनी (विज्ञप्तिसहित)


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले सोमबार विज्ञप्ति जारी गरी केपी–पिकेको निर्देशनमा बादल गृह प्रशासनले जिल्लाहरुमा व्यापक प्रहरी परिचालन गर्दै जनतालाई आतंकित पारेको भन्दै आपत्ति जनाउनु भएको छ ।

व्युरो इन्चार्ज निर्माणले कैलालीको चुरे क्षेत्रमा संयुक्त सुरक्षाफौज गर्नुका साथै काठमाडौंमा भएको बम विस्फोटमा परी सहिद भएका बझाङका बिद्यार्थी नेता प्रज्वल शाहीको परिवार र गाउँलेलाई आतंकित पार्ने काम गरिरहेको पनि विज्ञप्तिमा जनाउनु भएको छ ।

यस्तै अछाममा पनि गाँउ–गाँउमा प्रहरी परिचालन गरिएको र घरमै सुतिरहेका पार्टी कार्यकर्ता पदम बुढालाई गिरफ्तार गरी झुठा मुद्दामा फसाउने सड्यन्त्र भएको पनि उहाँले बताउनु भएको छ । इन्चार्ज निर्माणले कतिपय पार्टीका नेता कार्यकर्तालाई पार्टी छाड्न धम्कीसमेत दिने गरेको भन्दै त्यसप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ

साथै उहाँले गाँउ–गाउँमा परिचालित प्रहरी फिर्ता गर्न, झुठा मुद्दामा बन्दी बनाइएका नेता कार्यकर्ताहरुलाई विनासर्त रिहा गर्न, गैर कानुनी गिरफ्तारी रोक्न र राज्य आतंक बन्द गर्न पनि माग गर्नु भएको छ ।

राज्यले प्रहरी प्रशासनको दुरुपयोग गरी दमन र धरपकडलाई निरन्तरता दिए त्यसको शसक्त प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिनु भएको छ । त्यसको जिम्मेवार स्वयम सरकार हुनेसमेत इन्चार्ज निर्माणको चेतावनी छ । विज्ञप्तिको पूर्णपाठ…

२०७६ असार २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :