डीआर पौडेलप्रति श्रद्धाञ्जली (विज्ञप्तिसहित)


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले पूर्व शिक्षामन्त्रीसमेत रहेका सरकारी नेकपाका नेता धनीराम पौडेल (डीआर पौडेल)को असामयिक निधनप्रति गहिरो शोक र श्रद्धाञ्जली प्रकट गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले शनिबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपालको वामपन्थी आन्दोलनका एक इमानदार व्यक्तित्व धनीराम पौडेल (डीआर पौडेल)को असामयिक निधनले हाम्रो पार्टीलाई चिन्तित बनाएको छ । हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ र शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

वक्तव्यमा उनले अगाडि भनेका छन्, ‘सरकारी नेकपामा रहेर पनि सरकारको फासिवादी दमनको सशक्त विरोध गर्दै आएका पौडेलको निधनले नेपालको राष्ट्रियताको आन्दोलनलाई समेत धक्का पुगेको छ ।’

पौडेल सरकारी नेकपाका केन्द्रीय सदस्य र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य रहिसकेका थिए । उनको शुक्रबार बिहान ६ः४५ मा हृदयाघातका कारण चितवनमा निधन भएको थियो । शुक्रबारै उनको अन्त्येष्टि गरिएको छ ।

स्याङ्जाको दरौँमा २०२३ सालमा जन्मिएका पौडेल तत्कालीन नेकपा (एकताकेन्द्र मसाल) र नेकपा (माओवादी) एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य थिए । पौडेल ‘जन एकता’ साप्ताहिकको सम्पादकसमेत थिए । उनका श्रीमती गङ्गा बेल्बासे र दुई छोरी छन् । विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ जेठ ३२ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :