नेकपा नेता पुष्करलाई पितृशोक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका निवर्तमान कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई पितृशोक परेको छ । लिखु गाउँपालिका ५ ओखलढुङ्गा निवासी उनका ७४ वर्षीय बुबा गिरीबहादुर श्रेष्ठको क्यान्सर रोगका कारण उपचार गराउँदा गराउँदै आज शुक्रबार बिहान काठमाडौँको पिपुल्स मेडिकल कलेज नयाँबजारमा निधन भएको हो ।

पुष्करका बुबा गिरीबहादुर श्रेष्ठको निधनले पार्टीलाई अत्यन्त मर्माहत बनाएको भन्दै नेकपा मेची–कोशी ब्युरोले विज्ञप्तिमार्फत मृतकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । ब्युरो इन्चार्ज शिखाले पुष्करलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

स्मरणीय छ, पुष्करलाई हाल केपी–पीके सरकारले विभिन्न झूट्टा मुद्दा लगाउँदै जेलमा राखेको छ । बुबा गिरीबहादुरले ‘प्राणजानु अघि एकपल्ट साइँलो छोरा पुष्करको मुख हेर्ने इच्छा छ’ भन्दै मुख हेर्न खोजेका थिए तर सरकारले क्रूर बनेर उक्त प्रस्ताव अस्वीकार गरेको जानकारी पारिवारिक स्रोतले दिएको छ । विज्ञप्तिको पूर्णपाठ…

२०७६ जेठ ३१ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :