जनसरकार चाहियो

कविता

शोषितपीडित गरिबका दर्द सुन्ने सरकार चाहियो
भत्केका गाउँबस्तीकै सामुन्ने सरकार चाहियो
धेरै खपिन् आँधीहुरी देशमा तुफान उठ्दाखेरि
नयन पुछी आमाको आँसु थुन्ने सरकार चाहियो
सरकारी लूट–हत्याले खुसी लुट्यो मुहारबाट
निराशा हटाई विकासको मार्ग चुन्ने सरकार चाहियो
जरा गाडेकै छ समाजमा जात, धर्म, छुवाछूतले
बन्धन तोडी नयाँ सोच गुन्ने जनसरकार चाहियो
हिमाली–पहाडी–मधेसी एकै दाजुभाइ हौँ सबै हामी
सयौँ फूल जोडी एकताको माला उन्ने सरकार चाहियो ।

२०७६ जेठ २९ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :