सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन : ने.क.पा. (विज्ञप्तिसहित)

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पार्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ । उक्त पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएका छन् । प्रवक्ता प्रकाण्डको विज्ञप्तिमा पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झूट्टा समाचारप्रसारण गराइएको उल्लेख गरिएको छ ।

एकाएक सामाजिक सञ्जालमा सोलुखुम्बुमा विप्लव नेतृत्वको नेकपाले प्रहरी चौकी आक्रमण गर्ने हल्ला सार्वजनिक भएपछि नेकपाले आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्न विज्ञप्ति जारी गरेको हो । उता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले पनि प्रहरी चौकी आक्रमणको कुनै सूचना र हल्ला नभएको र त्यहाँ प्रहरी पनि परिचालित नभएको सञ्चार माध्यमलाई बताएका छन् ।
नेकपा सोलुखुम्बुका स्थानीय नेताहरूले पनि अनावश्यक रूपमा वातावरण उत्तेजित बनाउनकालागि चौकी आक्रमणको हल्ला फैलाइएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले पहिलेदेखि नै आफ्नो पार्टीको सङ्घर्ष दलालर भ्रष्टाचारीहरूसँग भएको तर सुरक्षा निकायमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ । यस्ता समाचारलाई आफ्नो पार्टी र सुरक्षा निकायबीचको दूरी बढाउने बनावटी प्रचारबाजी मात्र भएको पनि नेकपाले बताउँदै आएको छ । विज्ञप्तिकाे पूर्णपाठ…

 

२०७६ जेठ २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :