पदम राई पार्टी सदस्यसमेत नरहने गरी निष्कासित (विज्ञप्तिसहित)


काठमाडौं : नेकपाका प्रवक्ता प्रकाण्डले निलम्बित पार्टी पोलिट्ब्युरो सदस्य पदम राईलाई सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका छन् । आइतबार विज्ञप्ति प्रकाशित गरी उनले उक्त जानकारी दिएका हुन् ।

प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘रूपान्तरण र उपचारको अथकप्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेकापदम राई झन्झन् पार्टीकाविरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टी साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको छ ।’

प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘क्रान्तिको कठिन तर महान् प्रक्रियामा टिक्न नसकेका कैयौँ कचराहरू पलायनहुने क्रान्तिको अनिवार्य नियमहो र हाम्रो पार्टीका सन्दर्भमा पनि त्यो त्यत्तिकै सत्य हो ।’

विज्ञप्तिमा भनिएको छ, ‘नेपालका सर्वहारा वर्ग, श्रमिकतथा उत्पीडित जनसमुदायको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा वैज्ञानिक समाजवादीक्रान्तिनिरन्तर अगाडि बढिरहेको छ । यो भीषण र पेचिलो सङ्घर्ष पुँजीपतिवर्ग र सर्वहारा वर्गकाबीचको दुई विश्वदृष्टिकोणको लडाइँ पनि हो । यो लडाइँमा सामाजिक दलाल फासिवादी वली–प्रचण्ड मण्डलीको सरकारले दमनका सबै हर्कत जारी राखेको छ । तरयो दलाल पुँजीपतिवर्गको प्रतिनिधि सरकार जनताबाट अलग–थलग बन्दै गएको छ ।’

अगाडि भनिएको छ, ‘पार्टीबाट पलायन भएर, कारबाहीमा परेर सामाजिक दलाल पुँजीपति सरकारको मतियार बनेका तत्वहरूको भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायमा अपिल गरिन्छ ।’ विज्ञप्तिकाे पूर्णपाठ….

 

२०७६ जेठ १९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :