अखिल (क्रान्तिकारी)द्वारा मगरलाई रिहाइ गर्न २४ घण्टे अल्टिमेटम (विज्ञप्तिसहित)

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष उषाकिरण आजादले शनिबार विज्ञप्ति निकाली
त्रिचन्द्र क्याम्पसमा अध्ययनरत छात्रा सपना मगरलाई प्रहरीले गिरफ्तार गरेकोप्रति आपति जनाउँदै २४ घण्टाभित्र रिहा गर्न माग गरेका छन् ।

राजनीतिक आस्था र संगठनको शुभचिन्तक भएकै कारण गिरफ्तारी खेप्नु दुःखद भएको अखिल (क्रान्तिकारी)ले एक विज्ञप्ति जारी गरी घोर निन्दा गरेको छ । मगरलाई कुनै पनि संगठनको शुभचिन्तक भएकै आधारमा गिरफ्तार गर्नु गैह्रकानुनी र नागरिकको स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएको आरोप क्रान्तिकारीको छ ।

‘त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्ने छात्रा सपना मगरलाई हाम्रो संगठनको शुभचिन्तक भएकै कारण दलाल सरकारका सुन्डामुण्डाहरुले बिभिन्न बहानामा चरम यातना दिई गिरफ्तार गरी झुठो मुद्दा लगाउने प्रयत्न गरेकोप्रति हाम्रो संगठन अखिल (क्रान्तिकारी) क्याम्पस जिल्लाको गम्भीर ध्यान आकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

‘गिरफ्तार छात्रा सपना मगरलाई २४ घण्टाभित्र रिहा नगरे अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति जस्तोसुकै कडा संघर्षमा उत्रिन बाध्य हुने र उक्त घटनाको जिम्मा केपी–बादल सरकार स्वंम हुनेछ ।’ उषाकिरण आजादद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिकाे पूर्णपाठ….

 

२०७६ जेठ १८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :