नेकपाद्वारा अधिकारी र घिमिरेलाई कारवाही (विज्ञप्तिसहित)


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र नारायणी ब्यूरो सदस्य देव घिमिरे ‘रमण’लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

नेकपाको नारायणी व्युरो इन्चार्ज मिलनले मंगलबार साँझ एक प्रेस विज्ञप्ति जारी गरी अधिकारी र घिमिरेले पार्टी नीति विपरीत कार्य गरेको भन्दै कारवाही गरेको जनाएका छन् ।

जारी विज्ञप्ति अनुसार दुवै जनाले पार्टीलाई नै गम्भीर आँच आउने किसिमको हर्कत गरेकाले कारवाही गरेको जनाइएको छ । साथै दुवै जनालाई यसअघि पनि पार्टी हितविरुद्ध कार्य गरेको ठहर गर्दै रुपान्तरणका लागि आवश्यक कारवाहीसहितको कदम चालेको अवस्थाबीच पुनः गलत कार्य गरेको पाइएपछि यसपटक साधारण सदस्य नै नरहने गरी कारवाही गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

चैत ८ गते काभ्रेको रोशी गाउँपालिकास्थित खानीखोलाबाट गिरफ्तार भई हालै मात्र ललितपुर जिल्ला अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका थिए । त्यसबेला नेकपाको मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज सुदर्शनसहित ९ जनालाई प्रहरीले रातको समयमा गिरफ्तार गरेको थियो । तीमध्ये सुदर्शनसहित ४ जना पूर्पक्षकालागि नख्खु कारागारमा राखिएका छन् । विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ जेठ १५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :