नेकपा निकट मजदूर संगठनद्वारा सरकारी दमनप्रति घोर भत्र्सना (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाँक्रीले बिहीरबार एक विज्ञप्ति निकाली केपी–बादल गृह प्रशासनलाई कडा चेतावनी दिएका छन् ।

आज नेपाली समाजिक दलाल वर्गद्वारा नेतृत्व गरिएको दलाल पुँजीवादी राज्यसत्ता र उत्पीडित श्रमिक जनताको मुक्ति र स्वतन्त्रताकोलागि संघर्षरत नेपाल कम्युनिस्ट पार्टीबीचमा चलिरहेको संघर्षको बीचबाट अगाडि बढिरहेको छ । आफ्ना साम्राज्यवादी मालिकहरुको निर्देशन र आफ्नै असफलताहरुलाई विषयान्तर गर्न देशमा गृहयुद्ध भड्काउने प्रयास स्वरुप ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध गर्न पुगेको छ । प्रतिबन्ध पश्चात संकटकालीन अवस्था झनै देशव्यापी गोलीकाण्ड र हत्या, गिरफ्तारी झुठा मुद्दा र लुटपातका अपराधिक क्रियाकलापमा ओली नेतृत्वको सरकार जोर जुलुकासाथ लागिरहेको छ । ओली नेतृत्वको सरकारका यी गतिविधिहरुले आफूलाई साम्राज्यवादको असली दलाल र सामाजिक फाँसीवादको प्रतिनिधि रहेको कुरा आम जनताले देख्नेगरी छर्लङ्ग भएको अध्यक्ष झाँक्रीको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा झाँक्रीले नेपाली जनताको लामो समयदेखिको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेका सिमित हक अधिकारहरु पनि खोस्दै दुई तिहाइको दम्भसहित निरङ्कुशता तर्फ बढिरहेको छ । देशव्यापी गोलीकाण्ड, गिरफ्तारी र झुठा मुद्दाको निरन्तरताको रुपमा ओली सरकारले हाम्रो संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमाथि पनि देशव्यापी आक्रमण बढाएको छ । जसको नमूना संगठनात्मक कामको सिलसिलामा रहेको अवस्थामा संगठनका उपाध्यक्ष तथा इलाम जिल्ला इन्चार्ज विजय दर्नाल ‘सर्वश्रेष्ठ’लाई झापाको विर्तामोडबाट जेठ ७ गते गिरफ्तार गरी वेपत्ता बनाइएको छ । सरकारको यो निरङ्कुश र जंगली दमनको मजदूर संगठन घोर भत्र्सना गर्दै सत्यतथ्य सार्वजनिक गर्न अविलम्ब विनाशर्त रिहाई गर्न मागसमेत गरेका छन् ।

इतिहास साक्षी छ, दुनियाँका कुनैपनि शक्तिशाली शाषकहरु जब जनविरोधी बाटोमा अघि बढ्छन् तब जनताको बलिदानीपूर्ण संघर्षले उनीहरुलाई खरानीमा परिणत गरिदिएका छन् । इतिहास र समाजको गतिलाई अवरुद्ध गर्न खोज्ने ओली सरकारले यस प्रकारका जनविरोधी सामाजिक फाँसीवादी चरित्र नसच्याएमा महंगो मूल्य चुक्ता गर्नुपर्नेछ । जुन पश्चातापको भुमरीसँगै समाप्त हुनेछ भन्दै विज्ञप्तिमार्फत चुनौति दिएका छन् । विज्ञप्तिकाे पुर्णपाठ….

२०७६ जेठ ९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :