अखिल (क्रान्तिकारी)द्वारा प्रतिबन्धको विरुद्ध प्रतिरोध गर्न आह्वान् (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले काठमाडौंको शान्तिवाटीकामा आयोजित कार्यक्रमबाट पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गर्दै बिहीबार प्रेस विज्ञप्ति जारी गरेका छन् ।

भट्टराईले आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहाई नगरे कडा संघर्षमा जाने र लोकतन्त्रका आधारभुत मुल्य मान्यतालाई लत्याउदै सरकार अघी बढिरहेको आरोप लगाउदै फाँसीवादी सरकारका हरेक कदमको प्रतिवाद गर्न आफुहरु तयार रहेको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

अखिल (क्रान्तिकारी) लगायत ११ बिद्यार्थी संगठनले बुधबार काठमाडौंमा ५५ औं बिद्यार्थी एकता दिवसको अवसरमा सरकारको बिरुद्धमा प्रदर्शनसहित शान्तिवाटीकमा एक कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रममा सहभागी अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रेम शाही, मदन चन्द, मुगु जिल्ला अध्यक्ष नरश्वर वुमिलाई विनाकारण सामाजिक फाँसीवादी वर्तमान सरकारले गिरफ्तार गरेकोप्रति संगठनले घोर भत्र्सना गरेको छ र तुरुन्त रिहाईको मागसमेत गरेको छ । विज्ञप्तिको पूर्णपाठ….

२०७६ जेठ २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :