महिला नेत्री चन्दलाई मातृशोक, विप्लवद्वारा श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई मातृशोक परेको छ । चन्दकी आमा मनकुमारी शाहको यही वैशाख २७ गते उपचारका क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको हो । उनी लामो समयदेखि खुट्टा भाँचिएर उपचाररत थिइन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मङ्गलबार पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेका छन् । रोल्पाको सहिद स्मृति गाउँपालिका घोडागाउँ निवासी शाहको निधनले आफ्नो पार्टी मर्माहत भएको भन्दै महासचिव विप्लवले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ –

२०७६ जेठ १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :