जिल्ला जनपरिषदका प्रमुख विवेक गिरफ्तार, नेकपा रामेछापको चेतावनी

रामेछाप : रामेछाप जिल्ला जनपरिषदका प्रमुख वीरबहादुर मोक्तान (विवेक)लाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई भक्तपुरबाट वैशाख २७ गते साँझ ५ः३० बजे गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टी रामेछापले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेकपा रामेछापका सेक्रेटरी अभिलाषले वैशाख २९ गते प्रेस विज्ञप्ति जारी गरी विरोध गरेका हुन् । उनले केही महिना अगाडि गिरफ्तार परेका आफ्नो पार्टीका रामेछाप इन्चार्ज यादव ढुंगेल (जमिन) र जिल्ला जनपरिषदका प्रमुख वीरबहादुर मोक्तान (विवेक)लाई प्रहरीले गिरफ्तार गरी अनावश्यक झुट्टा मुद्दा लगाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सेक्रेटरी अभिलाषले गिरफ्तारीमा परेकाहरुलाई बिनासर्त रिहाइको जोडदार माग गरेका छन् । विज्ञप्तिको पूर्णपाठ-

२०७६ वैशाख ३१ गते मङ्गलबार प्रकाशित

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :