अध्यक्ष डिल्लीलाई रिहा गर्न युवा संगठनद्वारा माग (विज्ञप्तिसहित)


काठमाडौं : युवा संगठन नेपाल, पश्चिम रुकुमका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई शुक्रबार विनाकारण प्रहरीले २ राउन्ड गोली प्रहार गर्दै गिरफ्तार गरेको छ । रुकुम चौरजहारीबाट विनाकारण २ राउन्ड गोली प्रहार गर्दै गिरफ्तार गरी झुठ्ठा मुद्दा लगाइएको जानकारी गराउँदै युवा संगठन राप्ती ब्युरोले घोर भत्र्सना गरेको छ । युवा संगठन राप्ती ब्युरोका इन्चार्ज तिलक योगीले जारी गरेको विज्ञप्तिमा यतिबेला देशलाई गृहयुद्धमा धकेल्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु दिलो ज्यान दिएर लागेको र यसको ज्वलन्त उदाहरण नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु, व्यापक धरपकड र गिरफ्तार गर्नु हो विज्ञप्तिमा उल्लेख छ ।

‘देशव्यापी भइरहेको व्यापक संस्थागत भ्रष्टाचार सरकारको असफल र आफ्ना अनगिन्ती कालाकर्तुतहरु लुकाउन नेपाली जनताको ध्यान अन्यत्र मोड्ने कुचेष्टा गर्दछन् । जनताको न्यायपूर्ण आन्दोलन सम्बोधन गर्नुको साटो दमनको नीति अख्तियार गरेको छ । यस्तो फाँसीवादका विरुद्ध हाम्रो संगठन अझ डटेर प्रतिवाद गर्न तम्तयार छ ।’ विज्ञप्तिमा भनिएको छ ।

न्यायपूर्ण आन्दोलनका क्रममा गिरफ्तार सबै नेता तथा कार्यकर्ताहरुलाई यथाशीघ्र रिहा गर्न माग गर्दै देशका सम्पूर्ण देशभक्त, राष्ट्रप्रेमी, बुद्धिजीवि, मानवअधिकारवादी, वामपन्थी शक्ति, लोकतान्त्रिक शक्ति, व्यापारी, वकिल, देशभक्त सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायत आम नेपाली जनतालाई सचेत रहन र अन्यायका विरुद्ध बोल्न र लेख्न विज्ञप्तिमार्फत अपिल गरिएको छ । विज्ञप्तिको पूर्णपाठ….

२०७६ वैशाख २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :