दार्चुलामा आफ्नै छोरीलाई जलाउने आमा-बुवा पक्राउ


दार्चुला : दश महिनाकी आफ्नै छोरीलाई जलाएर हत्या गरेको आरोपमा दार्चुलामा बुवाआमा पक्राउ परेका छन् । बिहीबार राती खरको थुप्रोमा राखेर आगो लगाई छोरीको हत्या गरेको आरोपमा व्याँस गाउँपालिका–५ चुकपानीका नविन र आमा शिला बिष्टलाई प्रहरीले पक्राउ गरेका छन् ।

घटनापछि भाग्दै गरेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई सदरमुकाम ल्याएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

२०७६ वैशाख २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :