भाषा आन्दोलनमा सेना उतारियो/नेपाली भाषीमाथी भारतमा दमन

darjeeling-picकाठमाडौं/असार २, पश्चिम बंगाल राज्य सरकारले नेपाली भाषी बहुल  क्षेत्रमासमेत बंगाली भाषा लादने निर्णयपछि त्यसका विरुद्ध उठेको विद्रोह हिंसात्मक बन्दै गएको छ । भाषा आन्दोलन गोर्खाल्यान्ड प्राप्तिको दिशामा बदलिएको छ । गोर्खा जनमुक्ति मोर्चाको दार्जलिङ, पातलेबासस्थित कार्यालयमा प्रहरीले छापा मारेर तोडफोड, लुटपाट गरेपछि नेपाली भाषी अन्य क्षेत्रहरु पनि तनाव ग्रस्त भए । बिहिबार गोजमो अध्यक्ष र नेपाली भाषामा सञ्चालन हुँदै आएको जीन्युज टेलीभिजनको वाहनमा सादा पोसाकका प्रहरीले आगजनी गरेपछि नेपाली भाषीहरु सरकारी कार्यालय तोडफोडमा उत्रिएका छन् ।gorkhaland2-afp

गोर्खाल्याण्ड र भाषा आन्दोलनमाथी प्रतिबन्ध लगाउने उदेश्यले राज्य सरकारले उत्तेजना श्रृजना गरेको गोजमोसहित नोपाली भाषी संगठन र बुद्धिजीवीको आरोप छ । विहिाबार कालेबुङ, पेदोङ प्रहरी चौकी र विधुत प्राधिकरणमा आगजनी भएको छ । बरबोटे, सोनादा, मिरिक, खरसाङ यत्रतत्र तोडफोड र प्रदर्शन भएका छन् । बंगाल प्रहरीले कुटो, कोदालो लठ्ठी बरामद गरेर  ‘घरेलु हतियार कब्जा गरेको’ हास्यास्पद दाबि गरेको छ । गोजमोको केन्द्रीय कार्यालय र विमल गुरुङको निवासमा छापा मार्दै तोडफोड र लुटपाटपछि मोर्चाको आकस्मिक बैठकले नेपाली भाषी बहुल क्षेत्रमा अनिस्चितकालीन आमहड्ताल घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :