दु्रतमार्ग भारतलाई दिने गोप्य सहमति

काठमाणडाै ,अघिल्लो सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने भनी मन्त्रिपरिषद् स्तरमा गरेको निर्णय प्रचण्ड नेतृत्वको सरकारले उल्ट्याउने भएको छ ।

नेपाली काङ्ग्रेसले पहल गर्ने र माकेले विरोध गरेजस्तो गर्दै त्यससम्बन्धी पूर्वनिर्णय उल्ट्याउने दिशामा सरकार लागेको स्रोतहरूको दाबी छ । बिहीबारदेखि भारत भ्रमण गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र मोदीका बीचमा भएको
१५ मिनेटको गोप्य वार्तामा उक्त सहमति भएको स्रोतहरूको दाबी छ ।

शेरबहादुर देउवाले दुई महिनाअगाडि नै दु्रतमार्ग निर्माणको जिम्मा भारतीय ठेकेदार कम्पनीलाई दिनुपर्ने बताएका
थिए भने भारतीय अधिकारीहरूले पटकपटक आफूलाई उक्त आयोजना  दिन ‘लबिङ’ गरिरहेका छन् ।

 त्यससम्बन्धी पूर्वनिर्णय उल्टिएमा सदनभित्र र बाहिर रहेका सबै  देशभक्त शक्तिहरू सशक्त प्रतिरोधमा उत्रने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :