क्रान्तिकारी ध्रुवीकरणबारे सन्देश पाैडेल

सन्देश पाैडेल 

 माओ त्से तुङको निधनपछि पेरू र नेपालमा सर्वहारा वर्गीय आन्दोलन सबैभन्दा बढी उचाइमा पुगेको थियो । कमरेड गोन्जालोको गिरफ्तारीपछि पेरूको जनयुद्ध रक्षात्मक अवस्थामा धकेलियो भने नेपालमा प्रचण्ड र बाबुराममा आएको  विचलनसँगै प्रतिक्रान्ति भयो ।
संसारका अन्य देशहरूमा पनि क्रान्तिकारी आन्दोलनले खासै उचाइ लिन सकिरहेको अवस्था छैन । आखिरी किन त क्रान्तिकारी आन्दोलनको यस्तो अवस्था ? यसको सही जबाफबिना यसलाई विजयसम्म पु¥याउन सकिँदैन ।
वास्तवमा यसका कारणहरू छन् । जस्तै क्रान्तिकारी आन्दोलनलाई विजयमा पु¥याउनका लागि

(क) विचारधारात्मक हिसाबले विज्ञान र प्रविधिमा आएको विकास र सामाजिक परिवर्तनको जगमा मालेमावादका विकास हुन नसक्नु 

(ख) राजनीतिक दृष्टिले विस्तारवाद साम्राज्यवादले आफूलाई शक्तिशाली पार्दै  लगेको अवस्थामा क्रान्तिको कार्यदिशालाई ठोस र विकसित गर्न नसक्नु

(ग) आर्थिक,सांस्कृतिक हिसाबले वैकल्पिक समाजवादी अर्थप्रणाली र संस्कृतिको विकास गर्न नसक्नु

(घ) सामाजिक हिसाबले २१औँ शताब्दीको सर्वहारा वर्गलाई आवश्यक सङ्गठनात्मक सिद्धान्तको विकास हुन नसक्नु

(ङ) कार्यशैलीको हिसाबले पार्टी मुख्यालय र नेतृत्वकर्ताको गैरसर्वहारा कार्यशैली र जीवनशैलीमा विचलन हुनबाट बच्न नसक्नु रहेका छन् ।

उल्लिखित समस्याका कारणले CPN-UML-flagआन्दोलनले धक्का खाइसकेको छ । वर्तमान यी समस्याहरूको सही निराकरण नगरे पनि स्वाभाविक रूपले आन्दोलनमा
विचलन देखाप¥यो र विचलनतिर गइहेको छ । नेपालको सन्दर्भमा प्रचण्ड–बाबुरामले  यी प्रश्नहरूको सही उत्तर खोज्न सकेनन् ।पछिल्लो चरणमा उनीहरूको जीवनव्यवहार र वर्गीय परिवर्तनसँगै यस प्रश्नको उत्तर खोज्न पनि चाहेनन् । यसको उल्टो यसबाट
नकारात्मक उत्तर निकाल्दै विसर्जनको दिशामा अगाडि बढे । उनीहरू अब क्रान्ति सम्भव छैन भन्ने निष्कर्षमा पुगे । तर
औपचारिक र सार्वजनिक रूपमा राजनीतिक क्रान्ति पूरा भएको तर्क गर्दै आर्थिक क्रान्ति  र समृद्धिको दिशामा जाने भनेर प्रचार गर्न थाल्नुभयो । यहीँनेर क. माओले भन्नुभएको ‘वैचारिक आवश्यकताले अन्ततः साम्यवादमा पु¥याउँछ’ भन्ने भनाइ निकै
मार्मिक ढङ्गले पुनर्पुष्टि भएको छ ।

वास्तवमा नयाँ चुनौतीको वैचारिक हल दिन नसकेपछि प्रचण्ड–बाबुराम संशोधनवादमा पतन हुँदै नाङ्गो पुँजीवादी दिशातिर अघि बढिरहेका छन् जसको कारण त्यही विचलनको जगमा नेपालमा प्रतिक्रान्ति भयो । प्रतिक्रान्तिका वस्तुगत र आत्मगत दुवै कारणहरू रहेका छन् । भित्री र बाहिरी दुवै कारणहरू रहेका छन् । जे होस्, यी कारणहरूको खोजी र यसको निकासको दिशामा अगाडि बढ्नु नै यतिबेलाको क्रान्तिकारीहरूको कार्यभार हो । नेकपा (माओवादी केन्द्र) यस दिशामा अगाडि बढ्नै नसक्ने अवस्थामा पुग्यो । नेतृत्वको वैचारिक विचलन र वर्ग परिवर्तनका विरुद्ध त्यसैभित्रबाट रूपान्तरण हुनसक्ने सम्भावना समाप्त भएको छ । त्यो पार्टी सम्पूर्ण रूपले संसद्वादमा पतन भएको छ । अहिले पनि त्यो पार्टीभित्र हजारौँ क्रान्तिकारीहरू रहेका छन् । तर उनीहरू पार्टी र नेतृत्वको गतिविधि र राजनीतिक लाइनको अन्योलका बीच निराशा, कुण्ठासहित
विकल्पहरूबारे सोचिरहेका छन् ।

माओवादी केन्द्र पार्टीको माथिदेखि तलसम्म आम कार्यकर्ता दुई प्रकारको मनोविज्ञानमा समान धारणा देखिन्छ । पहिलो ‘यो पार्टीले गरी खाँदैन’ अर्थात् पार्टी अब क्रान्तिकारी बन्ने र जनताको मुक्तिका लागि लड्ने सम्भावना छैन । दोस्रो तत्काल के गर्ने भन्ने विकल्प तयार छैन । अर्थात् यो पार्टी ठीक छैन ।आफैँले अर्को पार्टी बनाउन पनि सकिन्न ।अर्को जाने ठाउँ पनि छैन । त्यसैले ‘पर्ख र हेर’ को नीतिमा आधारित छ । आम धारणा यस्तो बनेको छ । यस सन्दर्भमा माओवादी केन्द्रभित्रका कमरेडहरूले
गम्भीरतापूर्वक सोच्न जरुरी छ ।

सहिदको रगत, सहयोद्धाहरूका बलिदानीपूर्ण गाथा,जनताको कथाव्यथा, दुस्मनको हर्कतलाई ध्यान दिँदै निराशालाई बाँडेर बस्ने मात्र होइन, पर्खेर हेर्ने मात्र होइन, नयाँ शिराबाट छलफल गर्ने, अवसरवादसँग सम्बन्धविच्छेद गर्ने र क्रान्तिकारी ध्रुवीकरणको दिशामा अगाडि बढी एउटा विशाल शक्तिको निर्माण गर्ने कार्यमा जुट्नुपर्छ । इतिहासको यो आवश्यकतालाई आत्मसात गर्न र दक्षिणपन्थी अवसरवादसँग सम्बन्धविच्छेद गर्न मेरो अपिल छ । आज हाम्रो काँधमा गम्भीर जिम्मेवारी
छ । यो जिम्मेवारी पूरा गर्न क. विप्लवले  नेतृत्व गर्नुभएको नेकपा माओवादी दृढतापूर्वक अघि बढिरहेको छ । इतिहासका
कमजोरीहरूलाई सच्याउँदै नेपाली समाजमा भएको प्रतिक्रान्तिको वास्तविकता निक्र्योल गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशालाई ठोस गर्दै क्रान्तिलाई यसले अघि बढाउने कोसिस गरिरहेको छ ।
यसबेला देश झन् सङ्कटतिर धकेलिइरहेको छ । राष्ट्रघात र जनघात बढ्दै गएको छ । दलाल तथा नोकरशाही पुँजीवादले देश आक्रान्त बनेको छ । यस्तो अवस्थामा आम जनतालाई गोलबन्द गरेर क्रान्तिको कार्यभार पूरा गर्न सबै क्रान्तिकारीहरू ध्रुवीकरण हुनु आजको आवश्यकता हो । यसको प्रारम्भ  कम्युनिस्ट न्युक्लियस, नेकपा (माओवादी केन्द्र), नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (मदनवादी) पार्टी र नेतृत्वद्वारा विद्रोह गरी एकीकरण तथा ध्रुवीकरण प्रक्रिया उत्साहजनक वातावरणमा पूरा भएको छ ।

यो प्रक्रियामा संस्थागत तथा व्यक्तिगत रूपमा सहभाग बनौँ । इतिहासको मागलाई पूरा गरौँ । जनताको चाहना र भावनालाई
कदर गरी दलाल तथा नोकरशाही पुँजीपति वर्गको राज्यसत्ता ध्वस्त पारी जनताको राज्यसत्ता स्थापनाको दिशामा अगाडि
बढौँ । इमानदार र सक्रियताका साथ बढौँ । जनसेवा र क्रान्तिबाहेक हाम्रो अर्को सपना छैन । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :