जिल्ला इन्चार्ज र सेक्रेटरी गोरखाबाट गिरफ्तार


गोरखा : नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज र सेक्रेटरीलाई बैशाख २२ गते फरक–फरक ठाउँबाट प्रहरीले गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ को खोलाघाटबाट बैशाख २२ गते (आइतबार) साँझ ६ बजे जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिएका छन् ।

प्रहरी चौकी च्याङ्लीबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको एसपी रावलले बताएका छन् ।

२०७६ वैशाख २३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :