नेकपा निकट युवा संगठन, नेपालद्वारा घोराहीमा गोबिन्द पुनको अध्यक्षतामा भेला सम्पन्न


दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले प्रतिबन्धको बाबजुद पनि बैशाख २१ गते दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ मा प्रथम भेला सम्पन्न गरेको छ ।

संगठनले शनिबार घोराही उपमहानगरपालिका १८ मा पर्ने काभ्रेखोलामा एक औपचारिक कार्यक्रम गरी प्रथम वडा भेला सम्पन्न गरेको हो । गोबिन्द पुनको अध्यक्ष एवं तिलकको विशेष उपस्थितिमा भेला भएको थियो ।

प्रथम वडा भेलाले अध्यक्ष गोबिन्द पुनको नेतृत्वमा एक सदस्य पछि थपगर्ने गरी २१ सदस्यीय समिति निर्बाचित गरेको छ । जसको उपाध्यक्षमा पुष कुवर, सचिबमा बिरु, सह–सचिवमा निखिल, कोषाध्यक्षमा इमान घर्ति, सदस्यहरुमा नरबहादुर राना, बासुदेव रोका, टेक मल्ल, युबराज गिरी, चमलाल कुवर, मेघबहादुर राना, राजु खनाल, भुबन राना, बल घर्ति, जीत घर्ति, धिरज पुन, प्रकाश बुढाथोकी, जयराम नेपाली, कमल रोका निर्बाचित भएका छन् ।

भेलामा बोल्दै तिलकले अब यो देशको रक्षा युवा शक्तिले मात्र गर्न सक्ने बताए । उनले भने ‘युवा त्यस्ता शक्ति हुन्, जसले देशलाई आवश्यक परेको खण्डमा सेनाको भुमिका निर्बाह गर्दछन् ।’ अहिले दुई तिहाइ सरकारले देश र जनताकालागि समृद्धिको भाषण दिंदै दुःख दिइरहेको अबस्थामा अब युवाहरु एकीकृत भएर अगाडि बढ्नुपर्नेसमेत बताए । यो दलाल सरकारले खुल्ला ठाउँमा शान्तिपूर्ण कार्यक्रम गर्न नदिएको र पार्टीमाथि लगाएको प्रतिबन्धप्रति पार्टी झनै सशक्त ढंगले अगाडि बढिरहेको समेत उल्लेख गरे ।

केपी–पिके सरकारले अहिले कम्युनिस्टको खोल ओढेर लुटतन्त्र मच्चाइरहेको र यसको विकल्प ब्यवस्था भनेको बैज्ञानिक समाजबाद ब्यवस्था मात्र भएको हुनाले देशका सम्पूर्ण युवा शक्तिहरू, देशप्रेमी, सच्चा क्रान्तिकारी ब्यक्तित्वहरु अब एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबद्ध हुनुपर्ने उनको भनाई थियो भने निखिलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पुष्प कुवरले गरेका थिए ।

२०७६ वैशाख २२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :