चट्याङ लागेर १ को मृत्यु, एकजना घाइते


मकवानपुर : बैशाख २० गते मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका ५ देउरालीकी २७ वर्षिय फूलमाया पाख्रिनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । घरभित्रै बसिरहेकी फूलमायाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका ३ स्थित लामिटारमा बाख्रा चराउँन गएकी ५० वर्षीया बृन्दा मोक्तान घाइते भएकी छन् । उनलाई मनहरीमा प्राथमिक उपचार गरेपछि थप उपचारकालागि हेटौंडा अस्पताल ल्याइएको छ ।

२०७६ वैशाख २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :