मोरङमा कुकर बम फेला

मोरङ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा आज मोरङको सुन्दरहरैचामा शंकास्पद बस्तु फेला परेको छ । बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका ७ स्थित बेलगाछीमा नक्कली कुकर बम फेला परेको भन्दै डिस्पोजल टोली घटनास्थल पुगेको खबर छ ।

कुकर बम फेला परेपछि स्थानीयबासीहरु त्रसित भएका छन् ।  उक्त बस्तु डिस्पोज गर्न खोज्दा कुकरभित्र बासी भात भेटिएको छ । कुकुरभित्र भातसँगै केहि बारुद पनि भेटिएको प्रहरीले जनाएको छ । पुर्व–पश्चिम राजमार्ग समेत केही समय अवरुद्ध भएको छ । 

२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :