नेकपाका तीन जिल्ला नेता गिरफ्तार, तत्काल रिहा गर्न माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पाटीका तीन जना जिल्ला नेताहरु गिरफ्तार परेका छन् । गिरफ्तार पर्नेहरुमा नवलपुरका जिल्ला सदस्य पुरुषोत्तम रेग्मी र पाल्पाका किसान अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का जिल्ला अध्यक्ष टोपराज बस्याललाई प्रहरीले बिहीबार गिरफ्तार गरेको जनाएको छ । उनीहरुलाई गिरफ्तार गर्नुको कारण भने प्रहरीले खुलाएको छैन । 

त्यस्तै पूर्वी नेपालको खोटाङबाट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालाय सदस्य सुदिप अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई वैशाख २ गते आफ्नै कामको शिलशिलामा घर जाँदै गर्दा जिल्लाको हलेसीबाट प्रहरीले गिरफ्तार गरेको जानकारी नेकपा खोटाङ विज्ञप्तिमार्फत दिएको छ । उनलाई गिरफ्तार गरी दिक्तेल हिरासतमा राखेको समाचार प्राप्त भएको छ । अधिकारीलाई बिनासर्त तत्काल रिहा गर्न नेकपा खोटाङले माग गरेको छ । जिल्ला सेक्रेटरी सुर्य किरणले वैशाख ३ गते विज्ञप्ति प्रकाशित गर्दै राजनीतिक आस्थाका आधारमा गरिएको उक्त गिरफ्तारीको घोर निन्दा तथा भत्र्सना गरेका छन् ।

२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :