बाँके र कैलालीमा बम फेला

बाँके : बाँकेको कोहलपुरमा बिहीबार बिहानै मुख्य राजमार्गमा नै प्रेसरकुकर बम फेला परेको छ । सरकारले प्रतिबन्ध गरेको विप्लव नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धको प्रतिरोध स्वरुप आह्वान गरेको पूर्व घोषित बन्दको दिन राजमार्गको विचमै बम भेटिदा माहोल तरङ्गित बनेको छ । उक्त स्थान इलाका प्रहरी कार्यालयबाट एक किलोमिटरको दुरिमा रहेको कृषि हाटबजार अगाडिको पूर्व पश्चिम राजमार्गको मुख्य चोकमै प्रेसरकुकर बम फेला परेको हो ।

विच चौराहामा नै वम भेटिए पछी शुरक्षा व्याव्था झन कडा पारिएको छ ।अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीले बम भेटिएको स्थानलाई आफ्नो नियन्त्रणमा लिएको छ । उक्त प्रेसरकुकर बम सेनाको डिस्पोजल डोलीले निष्क्रिय पारेको छ ।
त्यसैगरी कैलालीको अतरियामा २ वटा बम फेला परेको समाचार छ । उक्त बमलाई नेपाली सेनाद्वारा निष्क्रिय पारेको हाम्रा कैलाली संवाददाताले जानकारी दिएको छ । बमबाट आतंकि भएका स्थानीयहरु त्रसित बनेको छ भने अत्तियाको बजार ठप्प भएका छन् ।

२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :