विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३ पुग्यो


काठमाडौँ : सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको समाचार प्राप्त भएको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृत्यू हुनेको संख्या ३ जना पुगेको समाचार छ ।
श्रेष्ठको काठमाडौँ ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुजीत ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो । दुर्घटनाबाट २ जना घाइते भएको समाचार प्राप्त भएको छ । थप विवरण आउन बाँकी छ ।

२०७६ बैशाख १ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :