नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

नेकपाका नेता तथा कार्यकर्ता जनश्रमदानमा व्यस्त


इलाम : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले जनश्रमदानलाई निरन्तरता दिएका छन् ।
सरकारले प्रतिबन्ध लगाएसँगै नेता–कार्यकतामाथि धरपकड बढिरहेका बेलासमेत नेकपाका नेता तथा कार्यकर्ताहरू जनश्रमदानमा जुटेका छन् ।

पछिल्लो समय पूर्वका ब्युरो र जिल्लास्तरका नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने कार्य बढिरहेका बेला इलाम जिल्लाका नेता तथा कार्यकर्ताहरू भने विभिन्न जिल्लामा जनताको घरदैलोमा गएर श्रमदान गर्न व्यस्त छन् । जिल्ला सङ्गठन इलामको आयोजनामा खटिएका नेता तथा कार्यकर्ताहरूले स्थानीय जनताको मुडा चिरिदिने, दाउरा बोक्नेलगायत काम गरेको जनाइएको छ । उक्त टोलीको नेतृत्व जिल्ला सचिव दीपेनले गरेका थिए ।

२०७५ चैत १९ गते मङ्गरबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!