कोसी ब्युरो इन्चार्ज पुष्करसहित ३ नेता रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तीन जना नेताको रिहाइको माग गर्दै आइतबार सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ । चैत १० गते गिरफ्तार घनश्याम श्रेष्ठ (पुस्कर), र माधव गौतम तथा चैत १३ गते गिरफ्तार कृष्णकुमार श्रेष्ठ(प्रज्वल)को रिहाइको माग गर्दै सवोच्चमा रिट दायर भएको थियो ।

छुट्टाछुट्टै परेका तीन वटा रिटमाथि इजलास नम्बर ४ मा सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा बहस भएको छ । आदेश आउन भने बाकी रहेको जनाइएको छ । रिट निवेदनको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल, अधिवक्ता कान्तिराम ढुङ्गाना, अधिवक्ता राजु अधिकारीले बहस गरेका थिए ।

पुस्कर नेकपाको कोसी ब्युरो इन्चार्ज तथा गौतम ब्युरो सदस्य हुन् भने प्रज्वल जिल्ला इन्चार्ज हुन् । सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक ढंगबाट प्रहरी हिरासतमा राखेको भन्दै तत्काल थुनामुक्त गर्न माग गर्दै प्रज्वलका तर्फबाट बिनोद श्रेष्ठले सर्वोच्च अदालतका उक्त रिट दर्ता गरेका छन् । भने पुस्करका तर्फबाट उनकी पत्नी गीता खरेलले रिट दायर गरेकी छन् । रिटमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएको भनी वैचारीक आस्थाकै आधारमा गैरकानुनी रुपमा गिरफ्तार गरि हिरासतमा राखिएकोले भन्दै रिहाइको माग गरेका छन् । 

लामो समयदेखि सञ्चार क्षेत्रमा आबद्ध भई काम गर्दै आएका प्रज्वल युद्ध पत्रकार समेत हुन् । नेपाल पत्रकार महासंघका पार्सद समेत रहेका कृष्णकुमार श्रेष्ठ (प्रज्वल) झण्डै दुई दशकदेखि पत्रकारीता क्षेत्रमा निरन्तर कृयाशिल छन् । उनी नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य तथा पूर्व कोषाध्यक्ष समेत हुन् ।

दसवर्षे जनयुद्धका बेला जनमुक्ति सेनामा काम गरेका उनले पछि पार्टी निर्देशनमा नै माओवादीले सन्चालन गरेको रेडियोमा जिम्मेवारी सम्हालेका थिए । पूर्वाञ्चलका जिल्लाहरुमा केन्द्रित रहेर सञ्चालन भएको रेडियो जनगणतन्त्र ९५.१ मेघाहर्ज पूर्वी प्रशारण सेवामा लामो समय काम गरेका प्रज्वलले शान्ति प्रक्रिया अघि बढेसँगै काठमाडौं आएका केही समय रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रममा आबद्ध भएर समेत काम गरेका थिए ।

शान्ति प्रक्रियाको दशकभर पत्रकारिता गरेर केही अघि मात्र फेरि पार्टीको जिल्ला नेतृत्व सम्हाल्न गएका श्रेष्ठ माओवादीको युवापंक्तिभित्र लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनलाई मोरङको सुन्दरहरैचाको सलकपुर स्थित चिउरि मिलबाट सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएका थिए ।

उता, लामो समयदेखि सन्चारक्षेत्रमा नै कृयाशिल अर्का नेकपा नेता पुस्करलाई पनि प्रही यहि चैत १० गते मोरङकै कानेपोखरी गाउँपालीका बयरबनस्थित नारायणचोकबाट गिरफ्तार गरेको हो । पुस्करलाई इलाका प्रही कार्यलय ईटहरीमा र प्रज्वललाई ईलाका प्रहरी कार्यलय लौकहिमा राखिएको छ ।

यस्तै माधव गौतमको हकमा भाई सन्जिव गौतमले गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। गौतमलाई पनि इलाका प्रहरी कार्यलय ईटहरीमा राखिएको छ ।
उनलाई मोरङको नारायणचोकबाट यहि चैत १० गते नै प्रहीले गिरफ्तार गरेको हो ।

२०७५ चैत्र १८ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :