क्रान्तिकारीका नेता त्रि. बि.काे कक्षाकोठाबाटै गिरफ्तार


ललितपुर : नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका नेता मदन चापागाईं पक्राउ परेका छन् । नेकपा निकट अखिल क्रान्तिकारीका कीर्तिपुर क्याम्पस अध्यक्ष मदन चापागाईंलाई क्याम्पसबाटै पक्राउ गरिएको स्रोतले जानकारी दिएका छन् ।
कीर्तिपुर क्याम्पसको म्यानेजमेन्ट दोस्रो सत्रमा अध्ययनरत उनलाई कक्षाकोठाबाट नै पक्राउ गरिएको छ ।
फलेवास नगरपालिका १० पर्वत घर भएका चापागाईं २०७५ साउन २ गतेदेखि अखिल (क्रान्तिकारी) कीर्तिपुर क्याम्पसका जिल्ला अध्यक्ष पद सम्हाली विद्यार्थी राजनीतिमा संलग्न थिए ।

२०७५ चैत १५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :