बुद्धिजीवी सङ्गठनद्वारा शाहीको गिरफ्तारीको भत्र्सना

काठमाडौँ : नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले आफ्नो सङ्गठनका केन्द्रीय सदस्य धनराज शाहीलाई प्रहरीले गिरफ्तार गरी झूट्टा मुद्दा लगाउने षड्यन्त्र गरेकाले उक्त कदमप्रति गम्भीर आपत्ति जनाउँदै खेद प्रकट गरेको छ । 

सङ्गठनका महासचिव व्यापक नेपालीले प्रेसविज्ञप्ति जारी गर्दै संविधानप्रदत्त मौलिक हक हनन गरी रचनात्मक चेतना भएका बौद्धिक समुदायलाई गिरफ्तार गर्ने, यातना दिने र झूट्टा मुद्दा लगाउने कार्य बन्द गरी शाहीलाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरेका छन् । 

उनले मानवअधिकारको रक्षा र सरकारी दमनका विरुद्ध आवाज उठाउन देशभक्त–प्रगतिशील बुद्धिजीवी र मानवअधिकारकर्मीलाई अनुरोध पनि गरेका छन् ।

२०७५ चैत १४ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :