नेकपाका मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनको रिहाइको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र लोकेन्द्र खड्कालाई गैर न्यायीक तरिकाले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ । सुदर्शनकी छोरी विपना ओलीले चैत १३ गते बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् ।  

रिटमा नेपाल सरकार, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्रालय सिंहदरबार प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाव ललितपुर, ए. का. प्रमुख, जिल्ला प्रहरी कार्यालय, काभ्रे, ललितपुर जिल्ला अदालत ललितपुरलाई विपक्षी बनाइएको छ । 

उनीले रिटमा भनिएकी छिन्, ‘म निवेदकका बुबा र बुबासँगै साथ लागि गएका दाइ लोकेन्द्र खड्कासमेतलाई काभ्रेपलाञ्चोक जिल्लामा भएको पार्टीको कार्यक्रम, छलफल, भेटघाट गरी काठमाडौँ फर्कदै गरेको अवस्था मिति २०७५ चैत ९ गते बिहान ४ बजेको समयमा २५ जना जतिको समूहमा रहेका सादा पोशाकका प्रहरीले गृह मन्त्रालयको आदेश भन्दै बिनाकारण, बिना पुर्जी बाटा बाटै अपमानजनक ढंगले पक्राउ गरि लगिएको कुरा सार्वजनिक सञ्चार मध्यामबाट थाहा भयो । पक्राउ पश्चात उहाँलाई प्रत्यर्थी प्रहरी प्रभागमा लगि राखिएको राखिएको छ । थाहा पाए पश्चात उहाँको बारेमा प्रत्यर्थी प्रहरी प्रभागमा गइ तत्काल सोधखोज गर्दा त्यहाँ नभएको भन्ने जानकारी दिइयो । हेमन्तप्रकाश ओली सुगर, प्रेसरको बिरामी हुनुहुन्छ । नियमित औषधि सेवन गर्नुपर्छ । हाल प्राप्त जानकारीअनुसार मेरा बुबालाई प्रत्यर्थी प्रभावको हिरासतमा राखिएको छ । पक्राउ गर्दा आँखामा कालो पट्टी बाधी मानसिक एवं शारीरिक यातना दिइएको भन्ने कुरा विभिन्न सञ्चारका माध्यमबाट आएको थियो । सुरूमा निवेदकलाई आफन्त र परिवारलाई भेटघाट गर्नसम्म नदी बेपत्ता बनायो । हाल पनि उहाँलाइ मानसिक यातना दिएको आशंका छ ।’ 

विपना ओलीले भनेकी छिन्, ‘राजनीतिक रुपमा पूर्वाग्राही प्रवृत्त भावनाले बदनियपूर्वक प्रत्यर्थी गृहमन्त्रीको ठाडो आदेशमा प्रत्यर्थी प्रधान कार्यालयको निर्देशनमा प्रत्यर्थीहरुले बिनाकारण बिना पूर्जि निवेदकलाई पक्राउ गरिएको हो । हाल उहाँलाई राजनीतिक आस्था र विचारको आधारमा झुट्ठा मुद्दामा अनुसन्धान गर्ने भन्दै बिना आधार र कारण म्याद माग गरिएको र थप गरि थुनामा राखिएको कुरा समेत सार्वजनिक सञ्चारमाध्यमबाट थाहा हुन आयो । उहाँ कुनै पनि आपराधिक समुहमा आबद्ध हुनुहुन्न  । बरु एउटा राजनीतिक पार्टीको जिम्मेवार व्यक्ति हो । राजनीतिक दल खोल्न पाउने, विचार र अभिव्यक्ति स्वतन्त्रता संविधानले प्रत्येक नागरिकलाई प्रत्याभूत गरेको विषय हो । कानुनी प्रावधानको पालना नगरी बदनियतपूर्वक प्रवृत्त भावना लिई कानुन विपरित उहाँलाई थुनामा राखिएको छ ।’

यसअघि नेता सुदर्शनसहित ९ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा न्यायाधीश चुडामणी खड्काको ४ नम्बर इजलासले ८ दिनका लागि म्याद थप गरेको थियो ।

सुदर्शनका तर्फबाट बरिष्ठ अधिवक्तासहित ६ जना अधिवक्ताले थुनछेक बहस गरेका थिए । सुदर्शनसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको थियो ।

सुदर्शनसहित गिरफ्तार गरिएकाहरुलाई नेकपामा केन्द्रीय सदस्य  तथा पूर्वी तामसालिङ ब्युराे इन्चार्ज विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्कालाई पनि सोही मुद्दा लगाएको छ ।

सुदर्शन नेकपाको केन्द्रीय स्कुलीङ विभागका प्रमुख समेत हुन् । सुदर्शनलाई अदालतमा उपस्थित गराएपछि आइतबार बिहानैबाट अदालत परिसरमा सञ्चारकर्मीहरु जम्मा भएका थिए । तर प्रहरीले सुदर्शनलाई पत्रकारहरुसँग कुरा गर्नसमेत दिएको थिएन । प्रहरीले उनीहरुलाई यही चैत ९ गते शनिबार बिहान काभ्रेबाट काठमाडौँ आउदै गर्दा गिरफ्तार गरेको हो ।

२०७५ चैत १४ गते बिहीबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :