प्रहरीले अछाममा गोली चलायो, नेकपाका चार नेता गिरफ्तार

अछाम : प्रहरीले मङ्गलबार अपराह्न अछाममा गोली प्रहार गरी नेकपाका चारजना नेतालाई गिरफ्तार गरेको छ ।

नेकपा स्रोतका अनुसार जिल्लाको रामारोशन गाउँपालिका बोटोलासेनमा प्रहरीले अपरेसनका क्रममा गोली प्रहार गरी नेकपाका नेताहरू सुरेश रावत, सुरेश सावत, भूमिका सावत र कमानसिंह सावतलाई गिरफ्तार गरेको हो ।

नेकपाका नेताहरूलाई गिरफ्तार गर्ने क्रममा गोली चलाएर प्रहरीले स्थानीय बासिन्दालाई आतङ्कित पारेको प्राप्त समाचारमा जनाइएको छ ।

२०७५ चैत १२ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :