बन्दको प्रभाव बिहानैदेखि/देउखुरीमा ४ वटा वाहन तोडफोड

IMG_20170613_071434

जानकी दहित/दाङ,जेठ ३०, राप्तीमा ४० नेता-कार्यकर्ता गिरफ्तार गरेको विरोधमा कम्युनिस्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दको प्रभाव आज बिहानैदेखि परेको छ । बन्दका कारण यातायात, कलकारखाना, शिक्षणसंस्था, बजार ठप्प रहेको छ । प्युठान, दाङ, रोल्पा लगायत राप्तीबाट आफ्ना तीन केन्द्रीय सदस्यसहित दर्जनौं नेता कार्यकर्तालाई पुलिस प्रशासनद्वारा गैरन्यायिक तथा गैरकानुनी गिरफ्तार गरिएको भन्दै त्यसको विरोधस्वरुप रिहाईको माग गर्दै नेकपाले राप्ती बन्दको आयोजना गरेको छ । यसैबीच बन्दको अवज्ञा गरेको भन्दै दाङको देउखुरीमा ४ वटा गाडी तोडफोड गरेको छ । बन्दकर्ताले आज बिहान तीनवटा वटा ट्रक र एउटा जीपलाई तोडफोड गरिएको प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :