सहिद सप्ताह र सत्ताको फासिवादी दमन

१) प्रारम्भ

हाम्रो पार्टीले जनयुद्ध कालदेखि नै मनाउँदै आएको फागुन १४ देखि २१ गतेको सहिद सप्ताह कार्यक्रम केपी वलीको दलाल सामाजिक फासिवादी सरकारको दमनका कारण यो वर्ष हामीले सहजतापूर्वक सम्पन्न गर्न पाएनौँ । पाएनौँ मात्रै हैन, जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सहादत भएको दिन फागुन १४ गते इलामलगायत देशका विभिन्न भागमा कार्यक्रमस्थलबाटै हाम्रा थुप्रै नेता–कार्यकर्तालाई यो दलाल सामाजिक पुँजीवादी सरकारले गिरफ्तार ग¥र्या । इलामको फाकफोक थुम गाउँपालिकाको लुमसुङदाङको छायाँदेवी माविमा पनि मेचीमा सञ्चालित सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ का तर्फबाट मेची ब्युरोकै आयोजनामा सहिद परिवार सम्मान तथा सहिद सप्ताह उद्घाटन कार्यक्रम राखिएको थियो । त्यसमा पनि केपी वलीको दलाल सरकारले हस्तक्षेप ग¥यो । त्यसक्रममा सुरुमा नै मलगायत पाँचजना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर साथीहरूको प्रतिरोधात्मक सङ्घर्षका कारण मलगायत केही जिम्मेवार साथी प्रहरीको कब्जाबाट फुत्किन सफल भयौँ भने केहीबेरको झडप र वार्तालापपछि सहमतिमा गोपी बस्नेत, अमृत मगर, बाबा लिम्बू, केबी लिम्बू र विक्रम राईसहित पाँचजना साथीलाई प्रहरीले लिएर गयो । समयको एउटा यस्तो मजाक पनि हुनेरहेछ– सोही स्थान अर्थात् पारिपट्टि एकतप्पामा कुनै बेला हाम्रै क्रान्तिकारी लाइनमा सामेल भै फेरि प्रचण्डकै झुण्डमा फर्किएका र अहिले कथित एक नम्बर प्रदेशका आर्थिक मामिलामन्त्री भएका इन्द्र आङ्बो ‘मौसम’ जनयुद्ध कालमा कामराङ सेना बनाएर हाम्रा कैयौँ योद्धाहरूलाई हत्या गराएका लारुम्बाका धर्मगुरु आत्मानन्द लिङ्देनसँग आएर रूपाटारमा मन्दिर उद्घाटन गर्दै थिए भने वारि पट्टी आम चोकको लुमसुङदाङमा हाम्रो सहिदपरिवार सम्मान कार्यक्रममा प्रहरी पठाएर हस्तक्षेप गराउँदै थिए । यस्तो घटना देशव्यापी रूपमा भयो ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सहादतदेखि २०२९ साल फागुन २१ गते झापा आन्दोलनका योद्धाहरूलाई झापाबाट इलाम जेल सरुवा गर्ने बहानामा तत्कालीन सूर्यबहादुर थापाको पञ्चायती निरङ्कुश सरकारले सुखानीको जङ्गलमा ल्याएर हत्या गरेको दिनसम्मलाई जोडेर हाम्रो पार्टीले सहिद सप्ताह मनाउने गरेको छ । यस वर्ष पनि पार्टीले एक सातासम्म सहिद परिवारलाई सम्मान गर्ने, पार्टीले सक्दो उपहार दिने, महासचिव कमरेड विप्लवको नामबाट आएको अभिनन्दनपत्र प्रदान गर्ने तथा सहिदका नाममा सार्वजनिक कार्यहरू गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम केपी वलीको सामाजिक दलाल सरकारको दमनलाई चिर्दै सहिद सप्ताह कार्यक्रम देशव्यापी सम्पन्न भएको छ ।

२) भ्रमको पर्दाफास

यो वर्षको १२५ औँ माओ दिवस, २५ औँ जनयुद्ध दिवस, सहिद सप्ताह र एमालेसँगको कथित पार्टीएकताले प्रचण्ड समूहको कम्युनिस्ट मुखुण्डो च्यातिएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि देखापरेको सङ्कटले केपी र प्रचण्डप्रतिको भ्रमको पर्दाफास भएको छ । २०२८ सालको झापा विद्रोहबाट भागेको माले समूहले २०३५ सालदेखि माओ विचारलाई थाती राखेर २०४६ सालपछि त्यसलाई औपचारिक रूपमा परित्याग ग¥यो । २०४७ सालमा एमालेका रूपमा देखापरेको दक्षिणपन्थी शक्ति पञ्चायत कालमा आफ्नै कार्यकर्ताको हत्या गर्ने दरबार र सूर्यबहादुर थापाजस्ता मण्डलेको साथमा कैयौँपटक सरकारमा सामेल भयो । तर लामो समय यसले नेपाली जनतालाई कम्युनिस्टका नाममा भ्रममा पा¥यो । यथार्थमा एमाले कम्युनिस्ट नभई कार्ल काउत्स्की र बर्नस्टिनको चेला रुसमा खु्रस्चेभ जन्मिएजस्तै नेपालमा पनि ख्रुस्चेभको नेपाली अवतारका रूपमा मदन भण्डारीको कथित बहुदलीय जनवाद र त्यसलाई बोक्ने एमाले जन्मिएको थियो । संसद्बाट समाजवादको दक्षिणपन्थी नारा कार्ल काउत्स्की, बर्नस्टिन र ख्रुस्चेभले नै अघि सारेका थिए जो उहिल्यै असफल भैसकेको थियो र त्यसको सिको नेपालमा एमालेले गरेको थियो । जसरी रुसमा यो पँुजीवादी विचार बोकेबापत पहिले साम्राज्यवादीहरूले ख्रुस्चेभलाई माला लगाएर स्वागत गरे भने पछि सोभियत सङ्घ विघटन गर्ने बोरिस यल्तसिनलाई त झन् नोबेल शान्ति पुरस्कार नै प्रदान गरे जो पछि भ्रष्टाचारको मुद्दामा मुछिए । नेपालमा पनि नाङ्गो पुँजीवादमा पतन भएको एमाले, अहिले पछि झन् महापतनमा भासिएको प्रचण्ड समूह र त्यसका गद्दार नेताहरूलाई पनि साम्राज्यवादीहरूले अहिले त्यस्तै गरिरहेका छन् । जनताको मुक्ति र क्रान्तिकारी आन्दोलनबाट विचलित भएका पुष्पकमल दाहाल उर्फ प्रचण्डले अहिले शान्ति नोबेल पुरस्कारका लागि आईएनजीओहरूलाई गुहार्दै हिँड्नु त्यसकै परिणाम हो ।

नेपालमा जनता सधैँभरि क्रान्तिकारी रह्यो र हरेकपटकका क्रान्तिकारी आन्दोलनमा बलिदान ग¥यो । कुनै बेला काङ्ग्रेसको नेतृत्वमा जनताले बलिदान ग¥यो । कुनै बेला एमालेको नेतृत्वमा बलिदान ग¥यो र सबैभन्दा ठूलो त्याग र बलिदान नेपाली जनताले दसबर्से महान् जनयुद्धमा ग¥यो । तर नेतृवले आफू शक्तिमा पुगेपछि सधैँ जनतालाई धोका दिने काम गरेको छ । अझ यसो भनौँ नेतृत्वले आफू शक्तिमा पुग्न दलाली (मोलमोलाइ) का निम्ति सङ्घर्षको कुरा ग¥यो तर जनता वास्तविक मुक्तिका लागि सङ्घर्षमा होमिए । जसका कारण जसका विरुद्ध जनतालाई लडायो र बलिदान गरायो नेतृवले पछि उसैसँग सम्झौता गरेर धोका दियो जनतालाई । विक्रम संवत् १९९७ सालमा जहाँनिया राणा शासनका विरुद्ध लडेर बलिदान गरेका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नारायणविलास जोशी जसलाई मार्ने लालमोहर तत्कालीन राजा त्रिभुवनले लगाएका थिए तर जब राजा, काङ्ग्रेस र राणाका बीच भारतको अगुवाइमा त्रिपक्षीय दिल्ली सम्झौता भयो तब सहिदगेटमा हत्यारा राजा त्रिभुवनलाई शिरमा र चार सहिदहरूलाई उनको पाउमा राखेर अपमान गर्ने काम गरियो । त्यति मात्र कहाँ हो र, पञ्चायतका विरुद्ध लडेर बलिदान गर्ने र मुक्ति सेनामा सामेल भएर जीवन दिने सहिद र लडाकु योद्धाहरूलाई २०४६ सालपछिको राजतन्त्रात्मक संसदीय बहुदलीय शासन हुँदै यहाँसम्म आउँदा पनि नेपाली काङ्ग्रेसले ठूलो अपमान गरिरहेको छ । झापा विद्रोहलगायत देशका विभिन्न ठाउँमा भएका किसान विद्रोह, जनआन्दोलन र सामन्तविरोधी विद्रोहमा बलिदान गर्ने सहिद र योद्धाहरूको अपमान उनकै हत्यारा शासक र वर्गसँग सम्झौता गरेर साबिकको एमालेले गर्दै आएको छ । अहिले पछिल्लो चरणमा आएर प्रचण्ड समूहले त झन् जनयुद्धको समयमा आफ्नै टाउकाको मूल्य तोक्ने र १७ हजार जनताको हत्या गर्ने काङ्ग्रेस, एमाले र राजवादीहरूसँग मिलेर सहिद तथा बेपत्ता र घाइते योद्धाहरूको अपमान र बिचल्ली पार्दै दलाल दक्षिणपन्थी एमालेलाई पार्टी बुझाएर समाजवादी क्रान्तिको झन्डा बोकेको हाम्रो पार्टीका विरुद्ध फासिवादी दमन चलाइरहेको छ । यो समूहको पतन त झन् छोटै अवधिमा कतिसम्म देखियो भने माओवादको परित्याग, जनयुद्ध दिवसको परित्याग, जनआन्दोलन र जनमुक्ति सेना दिवसको परित्याग र सहिद सप्ताहको परित्यागसहित जुन दिन सहिद दिवसको उद्घाटन र सहिद परिवार अभिनन्दन कार्यक्रम हाम्रो पार्टीले देशव्यापी गर्दै थियो, त्यस दिन त्यो समूहका नेताहरू हाम्रा कार्यक्रममा प्रहरी हस्तक्षेप गराएर, आफूहरू भने प्रतिगमनका किल्ला मन्दिर उद्घाटन गर्दै हिँडे । यो भनेको प्रचण्ड समूहको महापतन हो जसलाई भविष्यले माफ गर्नेछैन ।

३) विरासतको सम्मान र अपमान

साबिक एमालेको कुनै पनि पङ्क्तिले तन जनयुद्ध दिवस मान्यो, न त माओ जयन्ती मान्यो न त जनयुद्धका सहिदहरूलाई सम्झिने सहिद सप्ताह मान्यो तर प्रचण्ड भने जनयुद्धका सहिदहरूलाई बर्सिएर झापा विद्रोहका सहिदलाई सम्झिन केपी ओलीको लमी बनेर सुखानी पुगे । यसको ठूलो राजनीतिक महत्व छ । हुनत हामीले फागुन १४ को दिलबहादुर रम्तेलको सहादतदेखि फागुन २१ को सुखानी हत्यासम्मको दिनलाई सहिद सप्ताह मान्छौँ । यो अहिले हैन, एमालेले समेत सुखानीका सहिदलाई सहिद भनी सम्मान गर्न नसकेको अवस्थामा जनयुद्धकालदेखि नै यो दिवस मान्छौँ । एमालेले त २०७२ सालदेखि मात्रै सरकारबाट निर्णय गराएर सुखानीका पाँच सहिदहरू रामनाथ दाहाल, कृष्ण कुइँकेल, नेत्र घिमिरे, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई सहिद मानेको हो । अहिले जसको नाममा सहिद पार्क र स्तम्भ बनाएर एमालेका केही मान्छेहरूले कमाइ खाने भाँडो बनाएका छन् । हो, यसमा प्रचण्डको किन यति आसक्ति देखियो ? माधव नेपालले जनयुद्ध दिवसको सवालमा हाम्रो पार्टीको संस्थागत निर्णय होइन भनेर अपमानित हुने शब्द बोले । केपी वली जनयुद्ध दिवसको चियापान कार्यक्रममा गएनन् मात्रै होइन, जनयुद्ध दिवसलाई समेत विषयान्तर गर्ने गरी सरकारी नेकपाको केन्द्रीय कार्यालयको ब्यानरमा जनआन्दोलन र जनयुद्धका सहिदको सम्झना लेखेर अपमानित गर्ने काम गरे । उनले यसो गर्नु स्वाभाविकै हो किनकि उनी जनयुद्ध र क्रान्तिविरोधी व्यक्ति हुन् र एमाले कम्युनिस्टका नाममा कलङ्क र क्रान्तिविरोधी शक्ति हो । त्यसकारण एमाले र उसका नेताहरूले आफ्नो विरासत बचाउनु स्वाभाविक नै हो तर प्रचण्ड समूहले भने पूरै आफ्नो विर ासत भुल्यो । भुल्यो मात्रै हैन, पूरै परित्याग ग¥यो । जनयुद्धको पूरै विरासतलाई त्यागेर अब प्रचण्ड फागुन १६ लाई सहिद दिवस, फागुन ७ लाई प्रजातन्त्र दिवस, शिवरात्री (भाङ खाने दिन) लाई सेना दिवस, चैत २६ (जो जनआन्दोनमाथिको धोकाको दिन हो) लाई जनआन्दोलन दिवस र कथित गणतन्त्र आएको दिनलाई लोकतन्त्र दिवस मनाउने र मठमन्दिरमा गएर पूजा गर्ने ठाउँमा पुगेका छन् । उनी सुखानीमा गएर केपी वलीको बोलीमा जुन लोली मिसाए त्यो भनेको म खाँट्टी एमाले बनेँ भन्ने देखाउनु हो । यसले माओवादीको एउटा कित्ता (जो वैचारिक र राजनीतिक रूपले पतन र विसर्जनको दिशामा गएको थियो) लाई प्रचण्डले एमालेकरण गरेको पुष्टि गर्छ । सुखानीमा गएर केपी वलीले कथित चन्दा आतङ्क, डरत्रास र बम पड्काउनेहरू कम्युनिस्ट होइनन् र त्यसलाई सरकारले नियन्त्रण र कानुन कारबाही गर्छ भनेर बोले । उनले यो बोल्नु स्वाभाबिकै कुरा हो किनकि उनको पञ्चायतमा १४ वर्ष जेल बस्नुभन्दा नेपालको क्रान्तिकारी आन्दोलनमा कुनै भूमिका छैन । जनयुद्धका र जनआन्दोलनका घोर विरोधी केपी वलीले क्रान्तिकारी कम्युनिस्टलाई अराजक, आतङ्ककारी, लुटेरा र विध्वंसक देख्नु स्वाभाविक नै हो । अहिले देशको सबैभन्दा ठूलो लुटेरा, जनघाती र देशद्रोही नै केपी वली हुन् ।

जसरी अहिले केपी वलीले राष्ट्रिय ढुकुटीबाट १८ करोड खर्च गरेर ज्यान बचाएका छन् । दैनिक १५ हजार लिटरको दरले ६० हजारको जापानमा प्रशोधित पानी खान्छन् र देशमा भ्रष्टाचार, अनियमितता, राष्ट्रघात र जनघातमाथि चढेर फासिवाद र लुटपाट गर्न पाएका छन् । जसलाई कमरेड माओको भाषामा कम्युनिस्ट हुन्डरी भनिएको छ । हो यो हुन्डरी र लुटपाटमा केपी ओली रम्न पाएका छन् र आफू कथित स्वर्गको मालिक बन्न पाएका छन् । देशमा क्रान्तिकारी आन्दोलन अगाडि बढ्यो र समाजवाद आयो भने केपी ओलीको यो लुटको स्वर्ग भत्किनेछ । त्यसकारण एमालेभित्र पनि मध्य, वाम र दक्षिणपन्थी ट्रेन्टमध्ये घोर दक्षिणपन्थी कित्तामा पर्ने केपी ओलीले क्रान्तिका विरुद्ध वा समाजवादका विरुद्ध विष बमन गर्नु स्वाभाविकै हो ।

कहिले राजाको पाउमा दाम चढाएर प्रतिगामी कित्तामा सामेल हुने त कहिल्यै अमेरिकी राजदूत आउँदा पार्टी केन्द्रीय कार्यालयबाट माक्र्स र लेनिनका फोटा हटाएर साम्राज्यवादीको दलाली गर्ने अनि कहिल्यै काङ्ग्रेस र भारतीयको काँधमा चढेर क्रान्तिकारी आन्दोलनको गला रेट्न तम्सिने त कहिले ज्ञानेन्द्रको निरङ्कुशतामा समेत संयुक्त आन्दोलनबाट भागेर काङ्ग्रेसलाई उछिनेर प्रतिगमन आधा सच्चियो भनी सरकारमा गएर जनयुद्ध र जनआन्दोलनका विरुद्ध दमनमा आउने एमालेले अहिले हाम्रो पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिका विरुद्ध सामाजिक फासिवाद लाद्न खोज्नु ठिकै हो । तर हिजो जनतामा महान् सपना बाँडेर जनताका सर्वाेत्तम छोराछोरीलाई बलिदान गर्न आह्वान गर्ने प्रचण्डहरूका निम्ति अहिले जनताले फेरि दलाल पुँजीवादका विरुद्ध समाजवादी क्रान्तिको झन्डा उठाउँदा कसरी अतिवाद हुन्छ ? प्रचण्डले सुखानीमा गएर केपी वलीकै बासी डकार कम्युनिस्टका नाममा अतिवाद गर्नेलाई सरकारले कानुनी र प्रशासनिक उपचार गर्छ भन्नु जनयुद्धकालमा काङ्ग्रेस एमालेलगागतका दलाल पुँजीवादीहरूले डकारेको र खोकेको बासी डकार हैन र महाशय ! यस्ता बासी डकारले न त जनता तर्सिन्छन् न त क्रान्तिकारी आन्दोलन रोकिन्छ । बरु झन् जाज्वल्यमान ऊर्जाका साथ क्रान्ति अघि बढ्छ । यसमा सबैलाई हेक्का रहोस् । त्यसकारण जसरी सुखानीमा गएर केपीले आफ्नो गुमेको विरासतको सम्मान गरे ठीक त्यसको उल्टो प्रचण्डले जनयुद्ध र जनयुद्धका सहिदहरूको विरासतको घोर अपमान गरे । यसलाई प्रतिक्रान्तिको सिलसिलामा अघि बढेको निरन्तर प्रक्रिया र वैचारिक महापतनका रूपमा बुझ्न जरुरी छ

४) सारांश

जसरी आज केपी र प्रचण्डको गठबन्धन सरकार हाम्रो पार्टीले देशव्यापी रूपमा गरिरहेको जनयुद्धका सहिद परिवार अभिनन्दन कार्यक्रमबाट समेत तर्सिएर दमन र धरपकडमा उत्रिएको छ । त्यति मात्रै हैन, देश विखण्डनको उद्देश्य बोकेको र इन्डो–अमेरिकी साम्राज्यवादीको एजेन्ट सीके राउतलाई केपी, प्रचण्ड र बादल कम्पनीले माला लगाएर अँगालो हाल्छ । राष्ट्रिय सम्मानसहितको सुरक्षा दिन्छ । तर यो देशलाई एकाताबद्ध गर्ने, समृद्ध पार्ने र जनताको शासन वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् राजनीतिक आन्दोलनमा अघि बढेको हाम्रो पार्टीलाई प्रतिबन्धको घोषणा गर्छ । यो उसको विनास र असफलताको सङ्केत हो जसलाई हाम्रो पार्टीले सम्पूर्ण रूपले खारेज गर्नेछ । आमजनसमुदाय, बौद्धिक वर्ग र क्रान्तिकारी मित्र शक्तिहरूले पनि यसलाई अस्वीकार गर्नेछन् । सहिद परिवार भनेका क्रान्तिका रक्तबीज हुन् ।

उनीहरू कहिल्यै पनि आफन्त मार्ने हत्यारो सत्ता र सरकारका पक्षमा जाँदैनन्, अपवादबाहेक । कथित कम्युनिस्ट नामधारी दलाल सामाजिक पुँजीवादी सरकारले बाहिर भन्दा आफूलाई कथित दुई तिहाइको शक्तिशाली भन्छ तर हाम्रो पार्टीको शान्तिपूर्ण कार्यक्रम र नारा कतिसम्म भने कलाकार पशुपति शर्माको लुट्न सके लुट भन्ने व्यङ्ग्यात्मक गीतबाट समेत तर्सिन्छ । यसले माओले भनेको प्रतिक्रियावादी भनेका कागजी बाघ हुन् भन्ने भनाइ र लेनिनले भनेको साम्राज्यवादी पुँजीवादीहरू भनेका माटाको खुट्टा भएका भीमकाय मूर्ति हुन् भन्ने भनाइलाई पुष्टि गर्छ । अझ त्यसमा पनि नेपालका कथित संसद्वादी कम्युनिस्ट भनेका त झन् आफ्नो सर्वहारा सिद्धान्त र कम्युनिस्ट धर्म छोडेर बहुलाएका जमात हुन् । जसरी जङ्गलमा विचरण गर्ने सुगालाई घरमा ल्याएर पखेटा काटी पिँजडामा हाल्दा आफ्नो प्राकृतिक भाषा बिर्सेर मान्छेले जे बोल्यो त्यो बोल्छ तर उसले त्यसको शाब्दिक अर्थ बुझ्दैन । त्यो भनेको सुगा बोलेको नभई बहुलाएको हो । त्यस्तै केपी र प्रचण्डहरू पनि सर्वहारा शिविरबाट विचलित भै पुँजीवादी पिँजडामा गएर थुनिएका सुगाजस्तै हुन् । न त यिनको कुनै बोलीको टुङ्गो छ न त गन्तव्य नै छ । आफ्नो भाषा आफैँ नबुझ्ने बहुलाएका सुगाजस्ता हुन् यिनीहरू भनेका ।

एकपटक अमेरिकामा फाराममा पालिएका गाईलाई छिटो हुर्काउन र मोटाउन दानामा मासु मिसाएर खुवाउने गरिएछ । गाई त शाकाहारी जनावर हो । दानामा मासु मिसाएर खुवाउँदा गाई त मोटाएछन् तर बहुलाएछन् । हो, त्यस्तै नेपालका संसद्वादी कम्युनिस्ट पनि आफ्नो प्राकृतिक सर्वहारा सिद्धान्त छोडेर जब पुँजीवादी भए तब हेर्दा त मोटाघाटा र ठूला भए तर बहुलाए । केपी र प्रचण्ड अनि तिनीहरूले नेतृत्व गरेको पार्टी त्यस्तै भएको छ अहिले जसले गर्दा देश र जनताले त्यसको मार खेप्नुपरेको छ । त्यसकारण अहिले जसरी देशव्यापी रूपमा हाम्रो पार्टीका विरुद्ध दमन र धरपकड भएको छ । विद्यालयमा र गाउँबस्तीहरूमा जसरी पुलिस आतङ्क सिर्जना भएको छ । शिक्षक, कर्मचारी, पत्रकार, व्यापारी, उद्योगपति र जनतामा जुन खालको आतङ्क र अनिश्चय सिर्जना भएको छ । यो भनेको केपी र प्रचण्डको यही दलाल सामाजिक फासिवादले पैदा गरेको समस्या हो । उनीहरूले आफ्नो असफलतालाई गृहयुद्धमार्फत ढाकछोप गर्न चाहन्छन् । उनीहरूले जनयुद्ध र जनआन्दोलनको मर्म र भावनाविपरीत आफ्नो निहित सत्ता स्वार्थमा देश र जनतालाई बन्धक बनाउन खोज्दैछन् । सहिदको सपना बेचेर आफ्नो कुर्सी बचाउने खेल खेल्दैछन् । यसका विरुद्ध सबै क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर लड्न जरुरी छ । देश जलिरहेको छ तर रोमका सम्राट् निरोका नेपाली अवतार केपी ओली जनताको मानो खाएर जनताविरोधी हर्कत गर्दै उखान टुक्का हाली बसेका छन् । जनयुद्ध र जनआन्दोलनको मर्म र भावना विपरीत देशमा सामाजिक दलाल फासिवाद लादिरहेका छन् र त्यसको सारथी प्रचण्ड भएका छन् । यसका विरुद्ध अब देशव्यापी प्रतिरोध सङ्घर्षलाई अगाडि बढाउनुको विकल्प छैन । तसर्थ हालसम्मका सम्पूर्ण क्रान्ति र आन्दोलनहरूमा सहादत प्राप्त गरेका सहिद अनि एकीकृत जनक्रान्तिमा सहादत प्राप्त गरेका कमरेड सनराइज र धनरूप बटालाका सपना साकार अब हुने समाजवादी क्रान्तिले मात्रै पूरा गर्नेछ ।

२०७५ चैत ८ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :