जनकपुरमा अभियान सम्पन्न

सर्लाही : नेपाल कम्युनिस्ट पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ समापन गरेको छ । अभियान माघ १ गते सिन्धुलीको नाङ्गेडाँडाबाट उद्घाटन भै चैत ३ गते मरिन गाउँपालिकामा समापन भएको हो । अभियान सिन्धुली जिल्लाका सुनकोसी गाउँपालिका गोलन्जर, तीनपाटन, हरिहरपुर, मरिन, फिकल, कमलामाई नगरपालिकालगायत ठाउँमा चलेको थियो ।
अभियानको रिपोर्टिङ पाँचवटा टोलीका कमान्डर र सहकमान्डरले राखेका थिए ! अभियानका क्रममा ३६५ पार्टी र जनवर्गीय सङ्गठन निर्माण गरिएको जनाइएको छ । त्यस्तै ३५६ सदस्य रसिद वितरण गरिएको, ६५ ठाउँमा भित्तेलेखन भएको, २० हजार पर्चा वितरण गरिएको, पिँडीसभा २८६ स्थानमा गरिएको छ, ४ दर्जनभन्दा बढी पूर्णकालीन कार्यकर्ता उत्पादन गरिएको जानकारी अभियान समीक्ष्ँमा दिइएको थियो ।

अभियान टिमहरूलाई अभियान २ का जनकपुर ब्युरो कमान्डर पोलिटब्युरो सदस्य उमा भुजेलले सफलताको शुभकामना, बधाई दिँदै प्रशिक्षणसमेत दिएर टीका लगाई बिदा गरेकी थिइन् ।

२०७५ चैत ५ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :