नेकपाका पोलिटब्युरो सदस्य जीवन्त गिरफ्तार


काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त)लाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई शुक्रबार साँझ ललितपुरबाट गिरफ्तार गरिएको पारिवारीक श्रोतले जानकारी दिएको छ । उनलाई सादा पोसाकका प्रहरीले बेलुकी ८ बजेतिर गिरफ्तार गरेको जनाइएको छ । कार्की यसअघिपनि बुटवलबाट काठमाडौँ आउनेक्रममा थानकोटबाट अर्का नेता कृष्ण धमला (गम्भीर)सँगै पक्राउ परेर रिहा भएका थिए । सरकारले सो पार्टीमाथि प्रतिबन्ध लगाएको दुईदिनपछि कार्की गिरफ्तार परेका हुन् । यसअघि अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्दु चन्द, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष राजु कार्की, नेकपाका नेताहरु केदार खतीवडा, सुर्य भुजेल, खेम खड्का, देवकुमार लिम्बु लगायत देशैभरी दर्जनौँ नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

२०७५ चैत्र २ गते शनिबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :