नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

वर्तमान सत्ता सङ्कट र एकीकृत जनक्रान्ति


प्रधानमन्त्री केपी वलीको पछिल्लो कथित राष्ट्रवादी छविको पर्दा हटेपछि देशमा नेतृत्वको सङ्कट देखापरिरहेको थियो । अहिले त्यो वस्तुतः सत्ताको सङ्कट थियो भन्ने सत्य स्पष्ट भएको छ । तर सत्ताधारीहरूले सङ्कटको हल भएको दाबी गरे पनि नेकपाले भने सङ्कट हल नभएको बताइरहेको छ । राष्ट्र र जनताको जीवनका घटनाक्रमहरूले नेकपाको विश्लेषण नै सही भएको देखाइदिएका छन् । त्यसैले के अहिलेको सत्ता सङ्कटमा छ ? छ भने समाधान के हो ? यसबारे छलफल आवश्यक छ । अब हामी माक्र्सको ‘नयाँ क्रान्ति एक नयाँ सङ्कटको परिणामका रूपमा नै सम्भव हुन्छ’ भन्ने भनाइ राखेर छलफलमा अगाडि बढाैँ।

सत्ता सङ्कटका सूचकहरू

विगतमा कुनै समय ‘संसारको व्याख्या हैन, मुख्य कुरा त्यसलाई बदल्नु हो’ भन्ने मान्यता बोकेकाहरूको सरकार अहिले त देशको हालतको व्याख्या गरेको पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतबाटै थरथरी काँप्न थाल्यो । यही लुटतन्त्रलाई बदल्ने मान्यतासहित नेकपाले जब नेपाल र नेपालीलाई लुटिरहेको एनसेलमाथि कारबाही ग¥यो तब सरकार एनसेललाई कारबाही गर्नुको सट्टा विषयान्तर गरेर नेकपामाथि नै जाइलाग्यो र सङ्कटकालीन फासिवादी दमन गरिरहेछ । दिनहँु केपीले अराजनीतिक धम्की दिइरहेका छन् । सडकमा लेखिएका नाराहरू मेट्दै दर्जनौँ कार्यकर्ता गिरफ्तार गरी चरम यातना दिएको छ । साथै रोल्पा, कपिलवस्तुको शिवगढी, कालीकोट, पूर्वी नेपाललगायत देशका कैयौँ ठाउँमा प्रहरी अप्रेसन चलाइरहेको छ । यही लुटतन्त्रका सहयोगी मिडियादेखि व्यक्ति र संस्थाहरू पनि नेकपामाथि नै आक्रमण गरिरहेका छन् । यो सरकार त पूर्वराजा ज्ञानेन्द्र नाचेपछि पनि तर्सिन थालेको छ । विकास निर्माण र समृद्धिको नारा दिएको यो सरकार कलाकार– धुर्मुस–सुन्तली र पत्रकार– रवि लामिछानेको अभियान (जो यिनीहरूका निजी पहल हुन्) सँगै हार्न थालेको छ । जहाँ सरकारको ठाउँमा कुनै कलाकार वा पत्रकारले विकास निर्माण र समृद्धिको नेतृत्व गरेको हास्यास्पद र लज्जाजनक तर्क गर्छन् अनि जनता तिनैलाई सहयोग गर्न विवश हुन्छन् त्यहाँ कसरी समृद्धि होला ? यो त केटाकेटीको नियतिभन्दा के अर्थमा फरक हुन्छ र ? खासमा ५ बर्से शासनादेशसहित गठित सरकार न जनताको आशा र विश्वास आर्जन गर्न सफल भएको छ, न त ५ वर्षसम्म टिक्नेमा आफैँ विश्वस्त हुनसकेको छ । राजपाले समर्थन फिर्ता लिएर सरकारको ओरालो यात्राको सङ्केत दिइसकेको छ । सरसर्ती हेर्दा सामान्यजस्ता लाग्ने यी घटनाक्रम सरकार तथा सत्ताका कमजोर आधार र सङ्कटका सूचक मात्र हुन् ।

गहिरिएर हेर्ने हो भने शिक्षा र स्वास्थ्यको अवस्था के छ ? के यहाँ निजीकरण र व्यापारीकरण रोकिएको छ ? के उच्च शिक्षार्थ बर्सेनि ६२ हजारका दरले बिदेसिने विद्यार्थीको सङ्ख्या घटेको छ ? जब कि आजभन्दा ४ वर्ष अगाडि यो सङ्ख्या ३२ हजार मात्र थियो । यसरी एकजना विद्यार्थीको सरदर २० हजार डलरको हिसाबले अर्बौं रकम बिदेसिन्छ, के त्यो रोकियो त ? के बेरोजगार समस्या हल भयो ? अथवा दैनिक १५ सयका दरले बिदेसिने युवाहरू रोकिएका छन् ? अनि के ती विदेशमा रहेका ६० लाख युवाहरू वर्तमान व्यवस्था र नेतृत्वसँग आशावादी छन् ? के देशभित्रका जनता आशावादी छन् त ? के देशमा बढ्दो भ्रष्टाचारमा कमी आयो ? के भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार भ्रष्टाचारमुक्त छ ? के सरकारको विकल्प ठान्ने गैरसरकारी संस्थाहरूको विनासकारी सञ्जाल भत्केको छ ? के सरकार घोषित सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न सफल छ ? छैन । यी कुनै पनि क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छैनन् । आमजनताहरू सरकारी कथित समाजवादको भ्रमपूर्ण आशाको कमजोर त्यान्द्रोको सहारामा बडेमान करको भारीले थिचिएर एकपछि अर्को निरास हुँदै गएका छन् । यी पनि वस्तुतः सत्ता सङ्कटकै सूचक हुन् । अझै गहिरिएर माक्र्सवादी दृष्टिकोणवाट हेर्ने हो भने आर्थिक सङ्कटले पैदा गर्ने राजनीतिक क्रान्ति हो । आर्थिक क्रान्ति एक भ्रम हो जस्तो कि यो सरकार बनेसँगै अर्थमन्त्रीले श्वेतपत्रद्वारा देश आर्थिक सङ्कटमा रहेको जानकारी दिएका थिए तर यो एक वर्षमा अर्थतन्त्रमा कुनै सुधार आएको छैन, बरु व्यापारघाटा झन् बढेर झन्डै १० खर्ब पुगेको छ । आजभन्दा २ वर्षअघि अर्थात् चुनावभन्दा अगाडि नेपाललाई ३२ खर्ब विदेशी ऋण थियो र एकजना नेपालीलाई २४ हजार पथ्र्यो भने त्यो विदेशी ऋण झन् चुलिँदै गएको छ । अझै ऋण थप्न सरकार कथित ‘अन्तर्राष्ट्रिय लगानी सम्मेलन’ गर्दैछ । विश्वमा झैँ नेपालमा पनि धनी र गरिबको खाडल झन् बढ्दैछ । आर्थिक कारणले नै नेपालको सङ्घीय संरचना सङ्कटग्रस्त बन्दै गएको छ । सूदखोरीको नयाँ स्वरूपमा बैङ्कहरू बर्सात्का च्याउजस्तै उम्रिए पनि ती सङ्कटग्रस्त छन् । वस्तुतः बैङ्कहरू टाट पल्टिँदैछन्, देशमा उत्पादन शून्य छ । देश विश्व वित्तीय पुँजी र उत्पादनको बजार मात्र बनेको छ । जनता त्यही बजारद्वारा नियन्त्रित दासजस्तै छन् । परिणामतः राज्यका हरेक घोषणाहरू कागजी मात्र हुन्छन् । जब घोषणाहरू लागू हँुदैनन्, जनता विरोध र विद्रोहमा उत्रिन्छन् तब सरकार भने फासिवादी दमनमा उत्रिन्छ । यसको जनप्रतिरोध अनिवार्य हुन्छ । यी दलाल पुँजीवादी अर्थनीतिका स्वाभाविक परिणाम हुन् । साथै गम्भीर आर्थिक सङ्कटका सूचक पनि जसले अनिवार्य रूपले एक राजनीतिक क्रान्तिको जन्म दिनेछ र दिनुपर्छ ।

सत्ता सङ्कटका कारणहरू

सङ्कटको पहिलो कारण नेपाली जनमत कम्युनिस्ट हुनु तर यही जनमतद्वारा निर्वाचित पार्टी र सरकार कम्युनिस्ट नरहनु वा नहुनुको अन्तरविरोध हो । यो दार्शनिक रूपमा सार र रूपको अन्तरविरोध हो । अहिलेका कथित कम्युनिस्ट सारमा कम्युनिस्ट नै होइनन् किनकि उनीहरूले निजी स्वामित्व र पुँजीमा आधारित पुँजीवादी वर्गीय राज्यसत्तालाई स्वीकारेर सामूहिक स्वामित्व र पुँजीमा आधारित समाजवादी राज्यसत्ताको मान्यता परित्याग गरिसकेका छन् । यिनीहरू आफ्नो व्यक्तिगत नाफा र ज्यान रक्षाका लागि दलाली र अपराधको जुनसुकै हद पनि पार गर्न सक्छन् । तर यी रूप मात्रका कम्युनिस्ट हुन् किनभने नेपाली जनता कम्युनिस्टप्रिय छन् र यिनीहरूको जन्म कम्युनिस्ट मान्यताबाट भएको हो । त्यसैले चुनाव जित्न र जनता ठग्न मात्र कम्युनिस्ट नामको दुरुपयोग गरिरहेका छन् । सार र रूपका बीचमा वैज्ञानिक सम्बन्ध हुन्छ र हुनुपर्छ तर यहाँ त कुनै एक महान् आमाको पेट बढेको रूप हेरेर बच्चाको आशा गरेजस्तै भएको छ जब कि आमाको पाठेघरमा ट्युमर पैदा भएर बढेको पेटबाट बच्चा जन्मिन सक्दैन र स्वयम् ती आमाको ज्यानको रक्षाका लागि अप्रेसन जरुरी हुन्छ । आज कम्युनिस्ट रूपकी नेपाल आमाको गर्भमा दलाल पुँजीवादको ट्युमर बढेको छ जसबाट स्वस्थ बच्चा जन्मिँदैन बरु आमाको रक्षाका लागि एक अप्रेसनको आवश्यकता छ । सायद लेनिनले भनेका छन् ‘पुरानो समाजको गर्भबाट कहिलेकहीँ स्वस्थ बच्चाको ठाउँमा कचेरा पनि जन्मिन्छ ।’ नेपालमा त्यस्तै भएको छ ।

दोस्रो सङ्कटको कारण हो– सुधारवाद, सुधार र क्रान्तिको अन्तरविरोध । यसलाई दार्शनिक रूपमा मात्राबाट गुणमा परिवर्तनको नियम भनिन्छ । मानव समाजमा सुधारले मात्रात्मक र क्रान्तिले गुणात्मक परिवर्तनको प्रतिनिधित्व गर्छन् । नेपाली समाजमा गुणात्मक परिवर्तन अथवा क्रान्तिको आवश्यकता थियो र छ । सुरुआती चरणमा सबै राजनीतिक पार्टीहरूले त्यही क्रान्तिको नारा र आदर्शद्वारा देश र जनतालाई प्रशिक्षित गरे तर अन्तिम परिणाममा क्रान्तिको सट्टा सम्झौताद्वारा सुधारवाद हासिल गरे जसलाई क्रान्तिको नाम दिए । परिणामस्वरूपः परिवर्तनको प्रतिफल मुठीभर व्यक्तिहरूले उपभोग गरे भने बहुसङ्ख्यक जनता झन् समस्यातिर धकेलिए । उनीहरूसँग त सुधारिएको पुरानै राज्यले प्रतिशोध मात्र लियो र लिरहेको छ । परिणामतः सुधारवादका कारण सत्ताको सङ्कट हल हुने होइन, झन् चर्किंदै गएको छ ।

सत्ता सङ्कटको तेस्रो कारण अन्तर्राष्ट्रिय शक्तिसँगको अन्तरसम्बन्ध र अन्तरविरोध हो । यसलाई दार्शनिक रूपमा समग्र र अंशको अवधारणाबाट पनि हेर्न सकिन्छ । तर यसलाई सरल भाषामा भन्दा सत्ता सङ्कटको एक महत्वपूर्ण कारक आजको भूमण्डलीय अर्थराजनीति, अन्तरनिर्भरता र अन्तरविरोध पनि हो । वास्तवमा अन्र्तराष्ट्रिय शक्ति केन्द्रहरूले हाम्रो देशमा निरन्तर आफ्नो चासो र स्वार्थ बढाइरहेका मात्र छैनन्, त्यसमा उनीहरू सफल पनि हँुदै गएका छन् । विगत कालदेखि नै नेपाल राज्य वा राजनीतिले हल गर्न नसकेको यो समस्या अद्यावधि कायमै छ । अहिले साम्राज्यवादलाई कम्युनिस्ट नाम मात्रको सरकार पनि पचेको छैन । ऊ नक्कली कम्युनिस्टद्वारा समग्र कम्युनिस्टहरूको बदनाम गरेर नष्ट गर्न चाहन्छ । त्यसैले विगतको भन्दा कैयाँै गुणा बढी अन्तर्राष्ट्रिय हस्तक्षेप बढिरहेको छ भने त्यसको प्रतिरोध त्यसरी नै घटिरहेको छ । वास्तवमा नेपालको स्वतन्त्र अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । यो सन्दर्भमा सीकेसँगको सम्झौता पनि खतरनाक रहेको छ । अन्तिम संश्लेषणमा आजको सत्ता सङ्कटको प्रमुख कारण भनेको नयाँ उत्पादक शक्ति (नयाँ चेतना र विज्ञानप्रविधिसहितको श्रमशक्ति अर्थात् नेपाली श्रमिक जनता) र पुरानो उत्पादन सम्वन्ध (दलाल पुँजीवादी उत्पादन सम्बन्ध जसको प्रतिनिधित्व वर्तमान राज्यसत्ताले गर्छ) बीचको अन्तरविरोध हो । जुन उत्पादन सम्बन्ध वा राज्यसत्ता समस्या र सङ्कटको कारक हो त्यसबाट मुक्ति भनेको त्यो राज्यसत्ताको अन्त्य हो । जो क्रान्तिभन्दा अन्य माध्यमबाट सम्भव हुदैन ।

सत्ता सङ्कटको परिणाम र समाधान हो– नयाँ क्रान्ति

आज मानिसहरू एकातिर वर्तमान राज्य र नेतृत्वसँग सन्तुष्ट छैनन्, खुसी र आशावादी पनि छैनन् । यसको सोझो अर्थ जनताहरू विकल्पको खोजीमा छन् र विद्यमान स्थितिमा परिवर्तन चाहन्छन् । यो जनताको परिवर्तनको चाहना वा माग भनेको क्रान्तिको चाहना र माग हो । साथै विकल्प भनेको सत्तासङ्कटको अनिवार्य परिणामका रूपमा आउने क्रान्ति नै हो । यही वस्तुगत नियमअनुसार नै जनताहरू क्रान्तिप्रति आकर्षित त भइरहेका छन् तर केही प्रश्नहरूसहित जस्तो कि विगतमा झैँ फेरि क्रान्तिमा धोका हँुदैन भन्ने के ग्यारेन्टी ? अनि क्रान्ति अधुरै रहँदैन भन्ने के ग्यारेन्टी ? हो, जनताले त्यो ग्यारेन्टी खोजेका छन्, खोज्नु पनि पर्छ । त्यसैले नेकपाले विगतका क्रान्तिको असफलताबाट पाठ सिकेर नयाँ क्रान्ति अगाडि सारेको छ । यो क्रान्ति मात्र एक अर्को क्रान्ति होइन, यो जनयुद्ध २ त हुँदै होइन । न यो विगतको जनयुद्ध हो, न त जनविद्रोह नै हो । यो हो नयाँ एकीकृत जनक्रान्ति ।

एकीकृत जनक्रान्ति जनयुद्ध र जनविद्रोहका सार्वभौमिक पक्षसहित समकालीन परिवर्तित समाजका नगर समाज, मध्यम वर्गको विकास, विज्ञानप्रविधिको विकास, मिश्रित नेपाली समाजको बनोट, राष्ट्रवादी धारा, दलाल पुँजीवाद, भूपरिवेष्ठितताजस्ता विशेषतालाई सम्बोधन गर्दै विकसित नेपाली क्रान्तिको नयाँ कार्यदिशा हो । यसरी मालेमाका सार्वभौमिक पक्षसहित उपरोक्त बदलिएका मानव समाजका नयाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषताका कारण संश्लेषित क्रान्तिको नयाँ कार्यदिशा एकीकृत जनक्रान्तिको पहिलो विशेषता हो– भौतिक विज्ञान र समाज विज्ञानलाई एकीकृत गर्ने जस्तो कि जसरी भौतिक विज्ञानमा स्टेफन हकिन्सको ‘एकीकृत भौतिकीको सिद्धान्त’ एक सापेक्ष पूर्ण सिद्धान्त हो ठीक त्यसरी समाज विज्ञानमा एकीकृत जनक्रान्ति एक सापेक्ष पूर्ण सिद्धान्तको विशेषतासहित अगाडि आएको छ । यसको दोस्रो विशेषता हो– जनता, सेना र विज्ञानप्रविधिलाई एकीकृत गर्ने जस्तो कि यो विचारको परिणाम हो– जनगणतन्त्र कोरिया जसले आजको साम्राज्यवादलाई चुनौती दिइरहेको छ । अझ हामी त त्योभन्दा अगाडि बढेर मात्र आजको क्रान्ति सफल पारेर प्राप्त गर्ने वैज्ञानिक समाजवादलाई टिकाउन सक्छौँ । रुसको जनविद्रोहसम्म जनता अगाडि, सेना पछाडि र चीनको जनयुद्धमा सेना अगाडि जनता पछाडिजस्तो हुँदै सम्पन्न भए । तर आज विश्वमा क्रान्ति सफल पार्न जनता, सेना र विज्ञानप्रविधि एकीकृत गर्नैपर्छ । एनसेल कारबाहीमा यही भएको हो ।

यसको तेस्रो विशेषता हो– गाउँ र सहरलाई एकीकृत गर्ने जस्तो कि आज गाउँ र सहरको दूरी घटेको छ र नगरसमाजको विकास भएको छ । अब गाउँबाट सहर कि सहरबाट गाउँ कब्जा गर्ने ? यो बहसको औचित्य समाप्त भएको छ । यो कार्यदिशाको चौथो विशेषता हो– दीर्घकालीन जनयुद्धका तीन चरण र स्वरूपलाई एकीकृत गर्ने जस्तो कि यो नयाँ क्रान्ति प्रतिरक्षा र प्रत्याक्रमणजस्ता मूलतः दुई चरण हुँदै मध्यम दूरीमा सम्पन्न हुन्छ ।

यसको पाँचौँ विशेषता हो– दुस्मनको घेरा साँघुरो पार्ने र मित्रहरूको घेरा फराकिलो पार्ने जस्तो कि नेपालमा दलाल पुँजीवादी प्रवृत्तिविरुद्ध आउने र विश्वमा अमेरिकी साम्राज्यवादविरुद्ध आउने सबै शक्तिलाई एकीकृत गर्ने, मध्यम वर्ग र राष्ट्रवादी शक्तिलाई मित्रशक्ति बनाउने, यहाँनेर आलोचकले भनेका छन् एकीकृत जनक्रान्तिले दुस्मन किटान गरेको छैन । चीन, कोरिया र क्युबालाई समाजवादी देश मानेको छ । यो नयाँ क्रान्तिको विशेषतालाई नबुझेर गरिएको आलोचना मात्र हो ।

छैटौँ विशेषता हो– क्रान्तिलाई सरल बनाएर जनताको जीवनसँग गाँस्ने जस्तो कि क्रान्तिलाई जनताले आफ्नै जीवन भोगाइको उपज ठानून् र भविष्यको अनिवार्य आवश्यकता ।
यसको सातौँ विशेषता हो– आजको असमान, अशान्त र असभ्य विश्वको विकल्पमा एक नयाँ समान, शान्त र सभ्य विश्व दिने ।

क्रान्तिलाई माक्र्सले ‘इतिहासको चालक वा इन्जिन र जनताका लागि उत्सव’ भनेका छन् । वास्तवमा आजको मानव समाज क्रान्तिको उपज हो । आजको नेपालको सत्ता र शासक पनि क्रान्तिकै उपज हुन्, सङ्घर्ष, हत्या र हिंसाकै उत्पादन हुन् । तर जहिले पनि शासकले क्रान्तिलाई आतङ्कको परिभाषा दिन्छ । लुटपाटको सङ्ज्ञा दिन्छ । यसबाट जनता र क्रान्तिकारी भ्रमित हुनुहुदैन । देश र जनतालाई लुटेर विलासी र स्वर्गीय आनन्दको आफ्नो निजी जीवन बाँच्नेहरूलाई क्रान्तिले आतङ्कित पार्छ–पार्छ र पार्नैपर्छ । नेपालमा क्रान्तिले केपी, प्रचण्ड, देउवा, सुमार्गी, विनोद चौधरीलाई आतङ्कत पार्नैपर्छ । अहिले क्रान्तिबाट हतास भएर नै प्रधानमन्त्री केपी बर्बराउँदै जथाभाबी बोलिरहेका छन् । अनि उनीहरूले क्रान्तिलाई दिने आतङ्कको परिभाषाले जनता तर्सिनु हुँदैन, बरु एक नयाँ उत्सवका रूपमा अगाडि बढाउनुपर्छ । आज एकीकृत जनक्रान्ति जनताका लागि उत्सव र भ्रष्ट शासकका लागि आतङ्क बनेर अगाडि बढिरहेको छ ।

अन्त्यमा, आजको सत्ता सङ्कटलाई बुझ्न माक्र्सको निम्नभनाइ राखौँ– ‘एक कार्यकारी सत्ता छ जसको दुर्बलता नै उसको शक्ति हो…जसको पहिलो सर्त अलगाव हो…वीर नायक हो तर वीरत्वपूर्ण काम छैन… जसको एक मात्र चालक शक्ति क्यालेन्डर हो ।’ हो, आज तथाकथित वीर नायकहरूको सरकार र पार्टीको वीरत्वपूर्ण काम छैन, मात्र यसको चालक शक्ति क्यालेन्डर बनेको छ । परिणामतः देश र जनता एकपछि अर्को निरास हँुदै सत्तासङ्कटको भुमरीमा फस्दै गएका छन् । यही सत्ता सङ्कटको अनिवार्य परिणामका रूपमा एकीकृत जनक्रान्ति अगाडि बढिरहेको छ र जनताले त्यसलाई एक उत्सवका रूपमा आत्मसात गर्दै गइरहेका छन् । जसरी सत्ता सङ्कट अनिवार्य छ त्यसरी नै एकीकृत जनक्रान्ति अपरिहार्य छ । एकीकृत जनक्रान्तिले स्थापना गर्ने वैज्ञानिक समाजवाद नै आजको समस्या र सङ्कटको स्थायी सामाधान हो र हुनेछ ।

२०७५ चैत २ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!