जन्ती बोकेको बसमा आगो लगाएको होइन : नेकपा

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले जन्ती बोकेको बस आफ्नो पार्टीले नजलाएको स्पष्ट पारेको छ । विवाहको जन्ती छोडेर आफ्नो नियमित नम्बर लिएर गइरहेको बसलाई कारबाही गरिएको जानकारी नेकपा कैलालीका इन्चार्ज विवेक कुमालले दिएका छन् ।

उनले भने, ‘हामीले सबै जाँच गर्दा नम्बर लिएर चलेको पाइएपछि कारबाही गरिएको हो । जन्ती बस होइन । बरु दुई दिनअघि नै जन्ती छोडेर आएको भन्ने देखिएको छ ।’ उनले बाहिर गरिएको हल्ला गलत भएको बताए ।

नेकपाले आह्वान गरेको बिहीबारको नेपाल बन्दका क्रममा बन्दको अवज्ञा गरेको भन्दै कैलालीको बडैपुरमा एक यात्रुवाहक बसमाथि आगो लगाइएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा आगो लगाइएको समाचार प्राप्त भएको छ ।

बन्दको दिन एम्बुलेन्स, दमकल, पानी, दुग्ध पदार्थलगायत अत्यावश्यक सवारीसाधनलाई निर्बाध रूपमा चलाउन दिइरहेको नेकपाले जनाएको छ ।

२०७५ फागुन ३० गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :