नेकपाले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा देशैभरी मशाल जुलुश


काठमाडौँ : सरकारले आफ्नो पार्टीमाथि गरेको दमन र नेता कार्यकर्ता पक्राउको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले फागुन ३० गते बिहीबार आह्वान गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा २९ गते बुधबार बेलुका देशैभरी मशाल जुलुश प्रर्दशन गरेको छ ।

सरकारी दमनको प्रतिरोध स्वरुप घोषणा गरिएको नेपाल बन्दको अघिल्लो दिन पुर्वघोषीत कार्यक्रम अनुसार नेकपाले देशैभरी मशाल जुलुुुुस प्रर्दशन गरेको हो । मशाल जुलुुस निकाल्ने क्रममा ठाउँ ठाउँमा प्रहरीले अश्रुग्यास फायर गरेको खबरहरु पनि प्राप्त भएका छन् ।

नेकपाले पुर्वमा झापाको सदरमुकाम सहित विभिन्न ठाँउमा राँके जुलुस प्रदर्शन गरेको छ । यस्तै गरी विराटनगर, धरान, धनकुटा, उदयपुर, सुनसरीको इटहरी, मकवानपुर, काठमाडौँको गोङगबु लगायतका विभिन्न स्थान काभ्रे, सिन्धुली, रामेछाप, चितवन, कास्की, गोरखा तनहु, धादिङका विभिन्न ठाउँमा पनि मशाल जुलुुस निकालिएको छ । यस्तै रुपन्देहीका विभिन्न स्थान, अर्घाखाँची, नवलपरासी, गुल्मी, कपीलवस्तु, नवलपरासी, दाङ, प्युठान, रोल्पा, रुकुम, कैलाली, कन्चनपुर, कालीकोट लगायत सेती महाकालीका विभिन्न जिल्लाहरुमा पनि मशाल जुुलुस निकालिएको छ ।

जुलुसमा सहभागीहरुले नेकपामाथि लगाइएको प्रतिबन्ध – फुकुवा गर !, एकीकृत जनक्रान्ति – जिन्दावाद ! , वैज्ञानिक समाजवाद – जिन्दावाद !, नेपाल कम्युनिस्ट पार्टी – जिन्दावाद ! र सरकारी दमन बन्द गर ! लगायतका नारा लगाएका छन् ।

२०७५ फागुन २९ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :