जनसेवामा खटियो नेकपाको अभियान टोली, दमनका चिर्दै अभियान व्यापक

उदयपुर : सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका नेकपाका नेतादेखि कार्यकर्तासम्म सबैजना जनताको सेवामा तल्लीन भएको खटेको समाचार प्राप्त भएको छ । उदयपुरमा क्रियाशील अभियानटोली जनताको घर, खेत, करेसादेखि कुलो मर्मत गर्ने काममा समेत लागेको प्राप्त समाचारमा जनाइएको छ ।

पार्टी केन्द्रीय सदस्य सञ्जीव आफैँ कुलो मर्मतका लागि बालुवा बोक्न व्यस्त छन् । जनताको खेतसम्म पानी लग्नका लागि कुलो निर्माण, मर्मत र नयाँ ट्र्याक खोल्ने काम गरिरहेका छन् ।

यसैबीच नेकपाको अभियानटोलीले उदयपुरको गढी गाउँपालिका वडा नं ३ डुम्रीटारमा जनश्रम गरी कुलो मर्मत गरेको छ । अभियन्ताहरुले गढीगाउँपालिकाको बरेमा जनताका लागि दाउरा पनि काटिदिएका छन् । त्यस्तै उनीहरुले असहाय र विपन्न जनताको घर पनि निर्माण गरेका छन् ।

त्यसैगरी नेकपाको सगरमाथा ब्युरोअन्तर्गत सञ्चालित अभियान सरकारले दमन र धरपकड गर्दागर्दै जनतामा लोकप्रिय बनेको छ । उदयपुरबाट प्राप्त समाचारअनुसार अभियानको सुरुआतमै अभियन्तालाई गिरफ्तार गरी सरकारले दमन सुरु गरेको थियो । अभियान मध्य समय आइपुग्दा छजना अभियानकर्मीलाई गिरफ्तार गरेको र दस दिन हिरासतमा राखेर रिहा गरेको समाचारमा उल्लेख छ ।

यसरी धरकपडका बीचबाट पनि अभियान उल्लासमय ढङ्गले सञ्चालन भइरहेको पछिल्लो समयमा त्रिनपाका श्रीपुर, दमौती, बलवाई, मोहनपुर, चुवाडे कालीखोला, तोरीबारीलगायत दर्जनौँ ठाउँमा कोणसभा, पिँढीसभा आयोजना गरी दर्जनौँ सङ्गठन निर्माण गरिएको उदयपुरबाट प्राप्त समाचारमा जनाइउको छ ।

समाचारमा जनाइएअनुसार उदयपुरगढी गाउँपालिकाअन्तर्गत नाङ्गे, बतासे, तिल्केनी, हाडेबाँस, ढिकीबास, भुमरे, भसुवा, मडायन, बकपति, आँपटार, डुम्रीटार, बाहुनीटार, धमिले, कटारी नगरपालिकाका सुङुरे, गाल्टर, भान्टाबाही, बबला ताप्ली गाउँपालिकाका ओख्ले, ताप्लीलगायत दर्जनौँ ठाउँमा पिँढीसभा, कोणसभा गर्नुका साथै दर्जनौँको सङ्ख्यामा सङ्गठन निर्माण भएको जनाइएको छ ।

त्यसैगरी अभियान टोलीले प्रत्येक दसदस दिनमा जनताको घरमा जनश्रम गर्ने गरेको बताइएको छ । अभियान टोलीका प्रमुख पार्टी केन्द्रीय सदस्य सञ्जीवको नेतृत्वमा कुलो मर्मत गर्ने, घर बनाउने, घर निर्माण र जनताको खेतमा मल बोक्ने, खेत जोत्ने काम भएको प्राप्त समाचारमा जनाइएको छ । टोलीका प्रमुख सञ्जीवले नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको एकीकृत जनक्रान्ति सम्पन्न भएपछि श्रमिक जनताको मुक्ति हुने बताएका छन् । त्यसका लागि जनताले दलाल सत्ताका विरुद्ध लड्न साथ दिनुपर्ने धारणा पनि रखेका छन् ।

२०७५ फागुन २९ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :