कञ्चनपुरमा सत्तारूढ नेकपा छाडी विद्रोही नेकपामा प्रवेश गर्नेहरूको लहर

काठमाडौँ : कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरूको सङ्ख्या बढेको छ । कञ्चनपुर जिल्लाको वेदकोट वडा नम्बर ५ मा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी २० जना नेकपामा प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गर्नेहरूलाई जनजागरण अभियान २ टोलीका इन्चार्ज रमेश नेपालीले पार्टी प्रवेश गराएका थिए ।
त्यस्तै कञ्चनपुर शुक्लाफाँटा नगरपालिकामा तीन दर्जनभन्दा बढी पार्टी प्रवेश गरेको नेता जीवनले बताए । पछिल्लो समय सरकारले जनताका पक्षमा काम गर्न नसकेको, दिनानुदिन राष्ट्रघाती काम गर्दै गएको भन्दै सत्तारूढ पार्टी परित्याग गर्ने क्रम बढेको नेता जीवनले बताए ।

२०७५ फागुन २९ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :